दोहा : राष्ट्रिय लाेक तथा दाेहाेरिगीत प्रतिष्ठान,कतार शाखाले एउटै ब्यानरमा छैटौं बार्षिक उत्सव, साताै स्थापना दिवस सहित पत्रकार सम्मेलन कार्यक्रम गत शुक्रबार सप्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष शिवराम ढकालको सभापतित्वमा, संरक्षक प्रभात त्रिपाठीको प्रमुख आथित्यमा गरिएको कार्यक्रममा एनआरएनए कतारका प्रवक्ता सन्तोष केसी, सामाजिक व्यक्तित्वहरु सागर नेपाल,चानख पोख्रेल, केबि हमाल,पत्रकार महासंघ कतार अध्यक्ष करिम बक्स मिया, विभिन्न बैचारिक, जिल्ला, जातिय लगायत संस्थाका संस्थापकहरु, संरक्षक, सल्लाहकार, मानार्थ, आजीवन तथा साधारण सदस्य सहित लोक -गीत पारखी हरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
ब्यानर उट्घाटन,दिप प्रज्वलन सहित अगाडी बढेको कार्यक्रममा साताै स्थापना दिवसको अवसरमा केक काटिएको थियो । संस्थाका उपाध्यक्ष कृष्ण ढकालले स्वागत मन्तव्य पस्किए भने कलाकार द्वारा "नेपाली हामि रहौला कहाँ नेपालै नरहे " बोल्को स्वागत गीत पस्किएका थिए । कार्यक्रमको सहजीकरण महिला सचीव रेस्मी बिस्वकर्माले गरेकी थिइन ।
मन्तव्यको क्रममा समाजसेवी सागर नेपालले लोक दोहोरीमा भित्रिएको छाडापनलाई नियन्त्रण गर्नु पर्नेमा जोड दिए । साथै पुर्व देखी पश्चिम - तराईको भेग देखि हिमाल सम्म रहेको लोक संस्कृतीलाई पनि समेट्न आग्रह गरे ।
समाजसेवी चानख पोख्रेल र केवि हमालले प्रतिष्ठान,कतार शाखा नेपाली मौलिक लोक संस्कृतीको जगेर्नाको लागि सकृयरुपमा लागेकोमा खुशी प्रकट गर्दै बधाई ज्ञापन गरे ।
पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बक्स मियाले (पत्रकार सम्मेलन ) भनीएपनि पत्रकार हरुको उपस्थिति कमि देखिएको र आयोजकले पनि स्पस्ट रुपमा सम्मेलनको खाका तयार नपारेको बताए । प्रतिष्ठान,कतार शाखा अध्यक्ष शिवराम ढकालले " एकल लोकगीत र प्रत्यक्ष लोकदोहोरी प्रतियोगिता कार्यक्रमको केही योजना प्रस्तुत " गरेका थिए ।
तर ढकालले प्रस्तुत गरेका कार्यक्रमको योजना "खाका " अपुरो रहेको भन्दै अध्यक्ष मियाले तयारीको साथ पुनः पत्रकार सम्मेलनको लागि आग्रह गरे । कार्यक्रमको उदेश्य अत्यन्तै सान्दर्भिक छ् ,सफल पार्नको लागि सबै पत्रकारले साथ दिने बताए ।
त्यस्तै प्रमुख अतिथि संरक्षक प्रभात त्रिपाठीले बोल्दै राष्ट्रिय लाेक तथा दाेहाेरिगीत प्रतिष्ठान,शाखा कुनै एक व्यक्ति, भाषा,धर्ममा मात्रै सिमित नरही, पुरै नेपाल अधिराज्य भरी फैलिएको बताए । नेपालको लोक सङ्गित, सङ्गितको जननि रहेकोले दु:ख,पीडा,हर्ष र आँशुको समय हुँदापनि लोक सङ्गित साथमा रहन्छ । प्रतिष्ठानले हालसालै शुरु गरेको संगीत प्रशिक्षण कार्यक्रमको पनि चर्चा गर्दै प्रमुख अतिथि त्रिपाठीले छैटौं बार्षिक उत्सव, साताै स्थापना दिवसको शुभकामना व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष कार्यक्रमका सभापति शिवराम ढकालले "लोकदोहोरि क्षेत्रमा छाडापन " प्रतिष्ठानमा आबद्ध नरहेका केही ब्यापारिक प्रयोजनमा लागेका कलाकार हरुले भित्र्याएको बताए । यद्यपि जस्ले भित्र्याएपनि सुधार्नको लागि सबैजना लागि पर्नेमा जोड दिए । लोक संस्कृती लाई व्यबस्थित एवं मर्यादित बनाउन नेपाली समाजको कुना कन्दरामा रहेको लोक परम्पराको मौलिक पनलाई जोगाउन "एकल लोकगीत र प्रत्यक्ष लोकदोहोरी प्रतियोगिता"आयोजना गर्न गहिरहेका हुँदा सबैको साथ सहयोगको अपेक्षा गरेको बताए । अध्यक्ष ढकालले केन्द्र र कतार शाखाका सम्पुर्ण संस्थापक हरुलाई सम्मान व्यक्त गरेका थिए ।
हाम्रो अभियान,लोक सस्कृतिको संरक्षण, श्रस्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन " भन्ने नाराका साथ १० नोभेम्बर सन : २०१७ का दिनमा शाखाको रुपमा कतारमा स्थापनागरिएको हो !