काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका र जिल्ला प्रशासन कार्यलय काठमाण्डौको संयुक्त आयोजनामा सुरक्षा समन्वय,अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी अन्तर्क्रिया कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको सभा अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथी गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसाल,बिशेष अतिथिहरूमा उप प्रमुख सान्नानी लामा,ट्राफिक महाशाखा काठमाण्डौका प्रहरी बरिस्ट उपरीक्षक राजेन्द्र प्रसाद भट्ट,प्रहरी बरिस्ट उपरीक्षक भुपेन्द्र बहादुर खत्री,इलाका प्रशासन कार्यलय साखु प्रमुख सीता परियार लगायत वरिष्ठ प्रहरी अफिसरहरू, बिभिन्न सुरक्षा निकायका प्रमुखहरु,विभिन्न वडा अध्यक्षहरु,वडा सदस्यहरू, कार्यपालिका सदस्यहरु,विभिन्न शाखाका प्रमुख कर्मचारीहरु,वडा सचिवहरु, सुरक्षा निकायका विभिन्न सुरक्षाकर्मीहरु, बुद्धि जिबी हरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीद्वारा सहजीकरण गरिएको कार्यक्रममा स्वागत मन्तव्यद्वारा नगर उप प्रमुख सान्नानी लामाले सम्पुर्णलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले शान्ती सुरक्षा तथा अपराध नियन्त्रण,सेवा प्रवाह तथा शुसासन,बिपद जोखिम न्यूनीकरण ,तथा ब्यबस्थापन, बिकास निर्माणमा सहजीकरण,बजार अनुगमन तथा आपूर्ति ब्यबस्थापन,गैर सरकारी संस्थाहरुको ब्यबस्थापन सम्बन्धी , अन्तर निकायहरु संग समन्वय,अनुगमन तथा मुल्यांकन सुधार र आगामी दिनको कार्यदिशा ,स्थानिय तह संग आपसी सहयोग समन्वय सहकार्य बारेमा अत्यन्तै संवेदनशिल बिषय बस्तु,सुझाव युक्त, महत्वपूर्ण र रचनात्मक बिषय बस्तुलाई बुँदागत रुपमा सबैले बुझ्ने गरी सहज र सरल भाषामा प्रशिक्षण प्रदान गर्नुभएको थियो।जसले गर्दा तिनै तहका सरकार स्थानिय तह संग समन्वय सहजीकरण सल्लाह गरि जनतालाई सेवा प्रबाह चुस्त दुरुस्त र सहज रुपमा प्रदान गर्न सहयोग मिल्ने छ ।
प्रशिक्षण पश्चात् उपस्थित विभिन्न व्यक्तिहरुका ट्राफिक सम्बन्धी, नेपाल प्रहरी र सुरक्षा सम्बन्धी,कानुनी प्रकृया नागरिकता लगायत विविध बिषयमा प्रश्न तथा जिज्ञासाहरू आएका थिए जुन बिषय बस्तुलाई प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट,प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले कानुनी प्रक्रिया लगायत विभिन्न तवरले स्पष्ट पार्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख दिपक कुमार रिसालले बोल्दै अत्यन्तै ज्ञानबर्धक प्रशिक्षणको आयोजना गरि सिक्ने र जान्ने मौका प्रदान गर्नु भएकोमा सम्पुर्ण निकायका प्रमुख लगायत प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत प्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा सभापती तथा प्रमुख जिल्ला अधिकारी बस्नेतले नेपालको संघिय प्रणाली अन्तर्गतको कानुनी प्रक्रिया, क्षेत्राधिकार, सहजीकरण नागरिकताका प्रकारहरू, बायोमेट्रिक,जैविक, डिजिटल प्रणाली लगायत विभिन्न बिषय बस्तुलाई उदाहरण सहित प्रस्तुत गरि सबैलाई सजिलो भाषामा फर्लङ पार्नुभएको थियो।सर्जमिन मुचुल्का सिफारिसका बारेमा अत्यन्तै संवेदनशिल भएर गर्नुपर्ने बताउदै साँचो विवरणलाई सहजीकरण र झुटो विवरण पेश गर्नेलाई कारबाही गरिन्छ नत्र हामी सबै कानुनी कारबाहीको भागिदार बन्नुपर्ने समेत बताउनु भएको थियोे।
जनतालाई यथासिघ्र सुसुचित गराउने उदेश्य स्वरुप मुग्लानी खबर अफिसियल पेज मार्फत कार्यक्रम अबिधिभर लाईभ प्रशारण समेत गरिएको थियो।
लाईभ प्रशारण हेर्न यस लिंकमा क्लिक गर्नुहोस
कार्यक्रमका तस्बिरको लागि यस लिंकमा क्लिक गर्नुहोस