गायक दिपक वलीले सांस्कृतिक राष्ट्रिय म्युजिक अवार्ड २०८० को गायक अवार्ड हात पारेका छन । कि तिमीलाई झल्को आउदैनर बोल को गीत बाट अवार्ड जित्न सफल भएका हुन । सल्यान जिल्लाको लौराबाङमा जन्मिएका वली हाल अहिले दाङ जिल्लाको तुलसीपुरमा पत्रकारिता, सामाजिक अभियान्ता सङ्ग कलाकारिता क्षेत्रमा सक्रिय रहेका छन ।
आज पुष ८ गते काठमाण्डौ स्थित नेपाल चलचित्र बोर्डको सभा हलमा अवार्ड घोषणा कार्यक्रम राखिएको थियो । वली हेर्दा गोलु भएता पनि उनि नाच्न पनि उत्तिकै माहिर छन । उनि भन्छन् मलाई मेरो सामाजिक अभियान्ता कामलाई यो कलाकारिता पेसाले चिनिन थप हौसला गरेको र यो पेसा बाट आफु टाढा रहेर खुसी नहुने बताएका छन ।
उनि थप्छन् मेरो नेतृत्वमा दुखि पीडितको ३ वटा घर बनाएको र ति त्यस्ता काममा सक्रिय हुदा तपाई यो मान्छे होइनर भन्दै म सङ्ग बोल्दा खुसी लागेको बताए । आज पुष ८ गते काठमाण्डौ स्थित नेपाल चलचित्र बोर्डको सभा हलमा अवार्ड घोषणा कार्यक्रम राखिएको थियो । उपमा संचार प्रालिको आयोजना भएको सांस्कृतिक म्युजिक अवार्ड २०८० को प्रमुख अतिथि राष्ट्रिय सभा अअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कलाकार देशका गहना भएको र यि गहनालाई राज्यले संरक्षण गर्नुपर्ने बताएका छन् ।
यि यस्ता अवार्डहरूको कार्यक्रम गरेर कलाकारहरुलाई अवार्ड प्रदान गर्नाले अग्रज कलाकारको सम्मान हुने र नव कलाकारहरुलाई हौसला, उर्जा थपिन सहयोग हुने भएकोले यस्तो अवार्ड कार्यक्रम बेला बेलामा हुन महत्त्वपूर्ण भएको बताउदै कार्यक्रम गर्ने आयोजक संस्थालाई समेत धन्यवाद दिएका थिए । अवार्ड कार्यक्रमलाई थप प्रभावकारी बनाउन चर्चित गायक इन्द्र जिसीले जुरि निर्णायक को सफलता पूर्वक आफ्नो भुमिका निर्वाह गरेका थिए ।
अतिथि कलाकार रुपमा चर्चित गायक तथा संगीतकार बिबी अनुरागी, चर्चित गायक खुमन अधिकारी लगाएत विभिन्न प्रदेश बिभिन्न जिल्लाका राष्ट्रिय संगीत कर्मी संघ, दोहोरी गीत प्रतिष्ठान, कलाकारको हक हितमा बोल्ने संस्थाका नेतृत्वहरूको उपस्थिति रहेको थियो ।
अवार्ड कार्यक्रमलाई सभ्य भब्य बनाउन सहयोग गर्नुहुने विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई कार्यक्रमको सभा-अध्यक्ष समेत रहेकी संस्थाको अअध्यक्ष अस्मि गौतमले सबैलाई धन्यवाद दिएकी थिइन ।