ललितपुर - नेपाली कांग्रेसको भातृसंघ नेपाल तामाङ संघको केन्द्रीय कार्य समितिमा मनोनित सदस्यहरुको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम ललितपुर स्थित सिद्धार्थ कटेज धोबिघाटको सभाहलामा सम्पन्न भएको छ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्र बादी आदिबासी जनजाती महासंघको बिधान २०७९ को परिच्छेद ४ को उपदफा क अनुसार यश महासंघको आबद्ध संघ नेपाल तामाङ संघ को केन्द्रिय अध्यक्षमा राम कृष्ण लामा (इन्द्र) लाई २०८० असार १८ गते मनोनयन गरिएको थियो।जसअनुसार सभापति लामाको नेतृत्वमा ३९ सदस्यीय कार्यसमितिको बिस्तार गरिएको छ।
नेपाल तामाङ संघको केन्द्रिय समितिमा निम्नानुसार विभिन्न जिल्लाबाट केन्द्रिय कार्य समितिमा मनोनीत केन्द्रिय सदस्यहरुमा भगवान मोक्तान - मोरङ,पार्वती तामाङ- लमजुङ,सानुकान्छा मोक्तान - ललितपुर,विवश तामाङ-धादिङ,दुर्गा तामाङ-ओखलढुंगा,सीता वाईबा - ललितपुर , फुलमाया तामाङ- काठमाडौं,साङ्दोर्जे तामाङ- उदयपुर,उर्केन तामाङ- रसुवा,ओमनाथ तामाङ- भोजपुर,बल बहादुर तामाङ - पाँचथर ,प्रमोद मोक्तान तामाङ -सिन्धुपाल्चोक,योबिन्द्र सिङ तामाङ- नुवाकोट, कृष्ण कुमार थोकर तामाङ- दोलखा,ओलक मोक्तान तामाङ- सिन्धुली,डिबि मोक्तान- काभ्रे, विलाम मोक्तान -काभ्रे,कालिका गोले- सिन्धुपाल्चोक,बिरमान तामाङ-भक्तपुर ,फुर्वा तामाङ- झापा,सन्तोष तामाङ-गोरखा,राजदिप तामाङ- सुनसरी,तनुजा कुमारी लो तामाङ-बारा,खिम तामाङ- ओखलढुंगा,घाम्बा तामाङ ( मिलन) -रामेछाप ,यम पाख्रीन तामाङ- रामेछाप ,पदम घिसिङ तामाङ- रामेछाप,सुन बहादुर थिङ तामाङ -ललितपुर ,मनोज लोप्चन- बागलुङ ,गोपाल तामाङ -धादिङ,सुरेन तामाङ -इलाम,रुक्मान तामाङ (सन्तोष ) -धनकुटा, बम बहादुर स्याङ्बो तामाङ -सिन्धुली, धिर्जमान तामाङ - काठमाडौ ,राजेन्द्र तामाङ- तेह्रथुम ,मिना तामाङ -मकवानपुर ,सुनमाया बम्जन -मकवानपुर,बिश्व तामाङ-सिन्धुपाल्चोक बाट गरि ३९ जना सदस्यहरु रहनुभएको थियो।
केन्द्रीय समितिमा मनोनयन सदस्यहरुलाई पदस्थापना,पद तथा गोपनियताको सपथ ग्रहण सभापती रामकृष्ण लामा ( इन्द्र) ले गराउनु भएको थियो।
संघका सभापती रामकृष्ण ब्लोन तामाङको सभापतित्वमा शुरुभएको कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका सह महामन्त्री भीष्मराज आङ्देङ्बे रहनुभएको थियो भने अन्य उपस्थितिहरूमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गणेश लामा, नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य एबम संसदिय दलको सचेतक सुशीला थिङ , केन्द्रिय सदस्य एबम जनजाति बिभाग प्रमुख दिलमान पाख्रीन , मकवानपुर जिल्ला सभापति बुद्ध लामा, नेपाली काङ्ग्रेस दोलखा जिल्ला सभापति वर्मा लामा, रामेछाप जिल्ला सभापति पुर्ण बहादुर तामाङ, नेपाली काङ्ग्रेस काभ्रेका सचिव गुणराज मोक्तान, नेपाली काङ्ग्रेस ललितपुरका सहसचिव ऋषिदेव फुयाल लगाएत पार्टीका नेताहरु,विभिन्न तह तप्काका संघ संगठनका प्रमुखहरु प्रतिनिधिहरु नेपाली कांग्रेसका कार्यकर्ताहरु लगायत तामाङ तथा गैर तामाङ दाजुभाइ दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
" राष्ट्रियता,समाबेशी,लोकतन्त्र समाजबाद र तामाङ एकता" भन्ने मुल नाराका साथ शुरु भएको कार्यक्रममा स्वागत मन्तब्य सभापति रामकृष्ण लामा ( इन्द्र) ले राख्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सह महामन्त्री भीष्मराज आङदेम्बेले आफ्नो मन्तब्यमा नेपाली काङ्ग्रेसको संस्कार कुनै शासक र शासित जस्तो नहुने बताउदै भन्दै सम्पुर्ण जातजाति, धर्म र भाषा संस्कृतलाई समानान्तर रुपमा अगाडि बढाउदै लैजाने पार्टीको प्रमुख विशेषता रहेको बताउनुभएको थियो।उहाँले हाम्रो मुलुक कुनै एकल जाति, धर्म,भाषा र संस्कृतिको मात्र नभई सबैको समान अधिकार रहेको छ जसलाई संरक्षण, सम्बर्द्धन गर्ने हरेक नागरिकको जिम्मेवारी र कर्तब्य भएको बताउदै कार्यक्रम भब्य सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा सभापति एबं नेपाल तामाङ संघका केन्द्रिय अध्यक्ष रामकृष्ण तामाङ इन्द्रले तामाङ जाती भाषा धर्म संस्कार संस्कृती शिक्षा स्वास्थ्य मात्रा नभई तामाङ जाती र नेपाली कांग्रेस पार्टीको लागि आफू हर हमेसा तयारी अबस्थामा रहेको बताउदै आफ्नो जातिको धार्मिक,सांस्कृतिक,आर्थिक जुनसुकै क्षेत्र र समस्यामा आफुले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो।उहाँले अहिले ३९ सदस्यीय कार्यसमिति बिस्तार गरेको छु आगामी दिनमा सबै जिल्लाहरुबाट प्रतिनिधित्व हुने गरि अन्य सदस्य हरुपनी बिस्तार गरीने जानकारी दिदै कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यबाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।