दोहा : कर्णालि प्रदेश सेवा समाज कतारको आयोजनामा प्रथम "खुल्ला भलिबल प्रतियोगिता " सम्पन्न गरेको छ ।
"स्वास्थ्यका लागी खेल, राष्ट्रका लागी खेल ""भन्ने मुल नाराका साथ मिति २०२३ डिसेम्बर १८ का दिन कतारको राष्ट्रीय दिवसको अवसर पारेर कतारको सनैयामा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरिएको हो ।
संस्थाका अध्यक्ष मोतिलाल बुढामगरको हातबाट उद्घाटन गरिएको खेलको सहजीकरण डम्बर चन्द बगरले गरेका थिए भने प्रतियोगितामा जम्मा १८ टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा प्रथम स्थान आयोजक कर्णाली प्रदेश सेवा समाज दोहा कतार हुन सफल भएको छ । पहिलो पुरस्कार स्वरुप कतारी रियल १२०० मेडल र प्रमाण पत्र रहेको छ भने दोस्रो स्थानमा पर्न सफल पर्वत स्पोर्ट क्लवले कतारी रियल ८०० मेडल र प्रमाण पत्र, तेस्रो स्थान CYC क्लवले कतारी रियल ४०० मेडल र प्रमाण पत्र हात पार्न सफल भएको छ ।
खेलमा सहभागिता जनाई खेल अवधिभर आफ्नो अमुल्य समय दिएर साथ सहयोग गर्ने डम्मर चन्द बगर, यज्ञ ब. रावत, सर्बजित खत्री, सुरेश केसी, सेर ब. रोकाय, कर्ण ब. वलि, खड्क ब. बुढाथोकी, दिल ब. डाङ्गी, किरण पुन, कमल शाही बिकल्प, लोकेन्द्र खत्री, रोहिम बक्स, नारायण अधिकारी, दिनेश बुढा,, डिल्ली ब. वलि, परेक सोनि, सेमसर शेर्पालि, खेलकुद संयोजक प्रकाश शेर्पालि खेलाडी दिल बहादुर , निर्मल, स्याम, भिम, प्रकाश , मोहन, हिरा, क्याम्प मेनिजर मोहमद मोताइया, ग्राउन्ड मिनेजमेन्ट सौगात होसियन, सूचना लिखित विवरण सहयोगी पृथी बहादुर बि.क लगायत सम्पुर्ण खेल प्रेमि साथिहरुमा हृदय देखि हार्दिक धन्यवाद प्रकट गरिएको आयोजक संस्था कर्णालि प्रदेश सेवा समाज कतार र महासचिव सुरेस केसीले जानकारी गराए ।