काठमाडौं, गोकर्णेश्वर नगरपालिकामा भएको नगर स्तरीय तथा अन्तर विधालय रनिङ शिल्ड प्रतियोगिता - २०८० नगरपालिकाको वडा नं २ स्थित बालसुधार माध्यामिक बिधालयको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ।
नगर प्रमुख दिपक कुमार रिसालको सभा अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी संघीय माननीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे,विशिष्ट अतिथिमा पुर्व सांसद तथा नेकपा एमाले पोलिटब्युरो सदस्य कृष्ण राई,नगर उप प्रमुख सान्नानी लामा,प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी,विभिन्न शाखाका प्रमुखहरु, अतिथिहरूमा युवा तथा खेलकुद संयोजक संजय लामा,वडा अध्यक्षहरु कार्यपालिका सदस्य, वडा सदस्यहरु, नगरपालिका भित्रका खेलकुद बिकास समितिका नगर खेलकुद संयोजक,विभिन्न खेल प्रतियोगिताका संयोजकहरू,स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु,कोचहरु, खेलाडी तथा खेलप्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
गत मंसिर २७ गते शंखडोल स्थित डोजो हलमा औपचारिक उद्घाटन गरिएको प्रतियोगितामा विभिन्न बिधाका २७ वटा स्कुलको सहभागिता रहेको थियो।जस अनुसार राष्ट्रपति रनिङ शिल्डको प्रथम पुरस्कार इस्टपोल माध्यामिक विधालय, दोस्रो पुरस्कार चामुण्डा माध्यामिक बिद्यालय र तेस्रो पुरस्कार श्री बालसुधार माध्यामिक बिधालयले हासिल गरेको छ।
युवा तथा खेलकुद उपशाखा प्रमुख राम नारायण शाहद्वारा सहजिकरण गरिएको कार्यक्रममा खेलकुद शाखा प्रमुख डन्डपाणी शर्माले स्वागत मन्तव्यद्वारा सम्पुर्णलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथी सन्तोष चालिसे,नगर प्रमुख दिपक रिसाल,नगर उप प्रमुख सान्नानी लामा,पुर्व सांसद कृष्ण राई,बौद्ध प्रहरी वृत्तका इन्चार्ज राजु पान्डे लगायतको हस्त बाहुलीबाट बिजेता खेलाडीहरुलाई पुरस्कार मेडल,प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियो।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पुर्व सांसद तथा पोलिटब्युरो सदस्य कृष्ण राईले आफू केटाकेटी हुँदा पनि खेलमा सहभागी भएको तर राज्यको प्रणाली केन्द्रीकृत हुँदा आफुहरु हराएको जनाउनु भएको थियो। आज भोलि खेलकुद तथा अन्य क्षेत्रमा लाग्नुभएका क्षमतावान व्यक्तिहरु ले आफ्नो प्रतिभालाई प्रस्फुटन गर्न सक्नुभयो भने एकैचोटि राष्ट्रिय स्तरमा पुग्ने सक्ने अबस्था भएको बताउदै नगरपालिका भित्र रहेका प्रतिभावान व्यक्तिहरुलाई मञ्च मात्र प्रदान गर्ने नभई उहाँहरुको प्रतिभालाई संरक्षण तथा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चा परिचर्चा गर्न लाग्ने सम्पुर्ण लगानी र वातावरणको सुनिश्चितता प्रदान गर्न समेत सुझाव दिनुभएको थियो।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि सन्तोष चालिसेले खेलमा भाग लिनुहुने सम्पुर्णमा बधाई दिदै अहिले विश्वमा नेपालीहरुको नाम उच्च बनाउने खेल क्रिकेट भएकोले अब छिट्टै गोकर्णेश्वर नगरपालिकामा क्रिकेट मैदानको बिकास गर्नुपर्ने र आउँदो राष्ट्रपति रनिङ सिल्डमा क्रिकेट खेललाई समेत सहभागीता गराउनुपर्ने बताउनुभएको थियो जसका लागि संघबाट आफुले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गर्नुभएको थियो।

त्यसैगरी कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष दिपक कुमार रिसालले नगरपालिका भित्रका सम्पुर्ण खेलाडीहरुले विभिन्न खेलहरु खेल्न सक्ने ठाउँ अब चार पाँच महिनामै तयार हुने जानकारी गराउदै खेलकुद मैदानहरू तयार भैसकेपछि सम्पुर्ण संयन्त्रको प्रयोग गरेर नगरपालिकाको खेल क्षेत्रलाई बिकास गर्दै लैजाने जनाउनुभएको थियो।