दोहा : एक फरक सृजन्सिल कार्यक्रम गर्ने उदेश्य अनुरुप कतारमा स्थापित जातिय संस्था "नेपाल तामाङ घेदुङ ,प्रवास कार्यसमिति कतारकाे" आयाेजनामा मिसाईद समुन्द्री किनारा सरसफाई´ कार्यक्रम सम्पन्न भएको छ ।
मिति १५ डिसेम्बर २०२३ शुक्रबारका दिन सल्लाहकार सदस्य जाेहव लामाकाे संयाेजकत्वमा "सानाे प्रयास ठुलाे प्रभाव, स्वच्छ समुन्द्र स्वस्थ पर्यावरण" भन्ने मुल स्वलाेगनलाई आत्मसात गर्दै मिसाईद समुन्द्री किनारा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
साे कार्यक्रममा संस्थाका अग्रज व्यक्तित्वहरु संरक्षक एक्का प्रसाद तामाङ, प्रमुख सल्लाहकार ईन्द्र बहादुर तामाङ , विशेष सल्लाहकार सुमन कुमार लाे तामाङ सल्लाहकार सदस्य निमा माेक्तान, मीन कुमारी तामाङ, संस्थाका पदाधिकारी अध्यक्ष विकास लामा, बरिस्ठ उपाध्यक्ष कुमारी बेली गाेले, उपाध्यक्ष सनक बम्जन, हिरे तामाङ विन्दा कुमारी तामाङ महासचिव भिमराज स्याङ्बाे तामाङ, काेषाध्यक्ष टिकाराम घिसिङ तामाङ,भातृ संगठन लामा घेदुङका अध्यक्ष रुद्रप्रसाद तामाङ ,ताम्बा घेदुङ अध्यक्ष राम बहादुर पाख्रीन तामाङको उपस्थिति रहेको थियो ।
त्यस्तै युवा घेदुङका अध्यक्ष सिजन तामाङ कार्यसमिति सदस्यहरु, सुनिता घिसिङ तामाङ , दिल बहादुर तामाङ, शंकराम तामाङ, रेलि तामाङ, जयमान बम्जन तामाङ, प्रेम तामाङ , अलिक बम्जन लगायत विभिन्न भातृ संगठनका पदाधिकारी तथा आजीवन सदस्यहरु कमला घिसिङ , संगिता बम्जन, सम्झान तितुङ तामाङ , सुनी माया तामाङ यसै गरि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कतारका महिला उपाध्यक्ष नानू घले ब्लाेन शुभेच्छुक तथा शुभचिन्तक लगभग ५० देखि ६० जनाकाे संख्यामा उपस्थिति रहेकाे थियाे।
सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाउन उपस्थितिहरुलाई विभिन्न ग्रुपमा विभाजन गरि कार्य गरिएको थियाे जुन ग्रुपले फाेहाेरकाे प्रकृति हेरेर व्यवस्थित रुपमा संकलन गरिएकाे थियाे साे ग्रुपलाई पुरस्कारकाे समेत व्यवस्था गरिएको थियाे । सबै सामाजिक कार्यमा निस्वार्थ भावनाले सहभागी भएको हुदाँ पुरस्कार विजेता अतरङ्गी टिमले ( सुमन कुमार लाे तामाङ, सुनिता तामाङ , निमा माेक्तान, संगिता बम्जन तामाङ , सुनि माया तामाङ ) पुरस्कार स्वरूप प्राप्त रकम संस्थालाई नै सबैकाे सामु फिर्ता गरि सहयोग गर्नु भएको थियाे।
सरसफाइ कार्यक्रम सके पश्चात: सहभागी शुभेच्छुक तथा शुभचिन्तकहरुसँग भलाकुसारी संगसंगै धेरै कुराहरु आदानप्रदान गर्ने र मनाेरन्जन पनि लिने माैका मिलेकाे थियो ।यस कार्यक्रमकाे प्रायोजककाे रुपमा संस्थालाई white view trading w.l.l qatar गरेकाे थियोे ।
कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न पक्षबाट सहयाेग पुर्याउने हुने सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा यसै गरि समाजिक कार्यमा जाेड्ने अवसर मिल्नेमा संस्थाका अध्यक्ष विकास स्याङ्तान तामाङले बिश्वास व्यक्त गरेका छ्न ।