दोहा : कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई पहिलो पटक नेपालको औपचारिक भ्रमण गराउने तयारी गरिरहेको कतारका लागि नेपाली राजदुत महामहिम डा. नरेश विक्रम ढकालले जानकारी गराउनु भएको छ ।
आज शुक्रबार दोहामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले कतारी अमिरको नेपाल भ्रमण विविध कारण पहिलाको मितिमा क्यान्सल भयो, यद्यपि छिट्टै मिति तय गर्ने तयारी गरिरहेको उहाँले बताउनु भयो ।
खाडी मुलुकबाट पहिलोपटक राष्ट्र प्रमुखको उच्चस्तरीय भ्रमण हुने हुँदा नेपाल र नेपालीको गरिमामय बढ्ने बिश्वास व्यक्त गर्दै कतारी अमिरको भ्रमणका अवसरमा केही महत्वपूर्ण विषयमा सम्झौताको गृहकार्य गर्ने तयारी गरिएको राजदुत ढकालले बताउनु भयो ।
बैदेशिक रोजगारीको लागि महत्त्वपूर्ण गन्तब्य मध्येको एक कतारका अमिरको नेपाल भ्रमणले दुई देशको रोजगारी तथा बैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने बिश्वास लीएको भन्दै कतारका अमिरको नेपाल भ्रमणले बैदेशिक रोजगारीको लागि कतार थप आकर्षक बन्ने अपेक्षा समेत गरिएको छ ।
उच्चस्तरीय भ्रमण होश वा दुईटा देशका बिचमा गरिने समझदारी हुन ती सबै नेपाल र नेपालीको लागि गरिने समझदारी हुन । आफुले नेपाल सरकारले दिएको म्यान्डेट,दृश्टिकोण, अनुभव,नेपाल तथा अन्तर्राष्ट्रिय नियम कानुन, अन्तर्राष्ट्रिय सन्धि सम्झौता भन्दा दायाँ - बायाँ काम गर्दिन ।
बरु पद त्याग्न सक्छु तर बिधी,एन, कानुन, नियम बिपरित कुनैपनि काम दबाब,प्रभाव, लोभ लालचको आधारमा नगर्ने भन्दै राजदुत डा. ढकालले आफु कुनै राजनिति, गाउँ विशेष, प्रदेश वा धर्म संकृतीको आधारमा परिचालित नहुने प्रष्ट पार्नु भयो । साथै सबै नेपालीको शिर सदा उच्च पार्न कर्णाली प्रदेशको छोरो निरन्तर लागीरहेको समेत बताउनु भयो।