कमल / बसन्त राज सुब्बा (झापा)- फाल्गुनन्द टोल बिकास संस्थाको आयोजनामा केर्खा खेल-मैदान सरसफाई कार्यक्रम सम्पन भएको छ !
कमल गाउँपालिकाको वडा.न.३ को केर्खा बजार स्थित उतर महेन्द्र राजमार्ग खण्ड अवस्थित खेल मैदान केर्खा फाल्गुनन्द टोल बिकास संस्थाको आयोजनामा र केर्खा लालिमा बोर्डिङ इङलिस स्कुल, NMC सहकारी संस्था, केर्खा प्रहरी चौकी र ट्राफिक प्रहरीको सहयोग तथा स्थानिय सामाजिक व्यक्तित्वहरुको सहभागीमा एक दिने सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
जसमा लालिमा बोर्डिङ इङलिस स्कुलबाट शिक्षक सहित दुई सय विद्यार्थीहरुको सफाइमा सहभागी NMC सहकारी संस्थाबाट ग्लोभ्स, माक्स र एक कार्टुन जुस उपलब्ध गराएको थियो ।
त्यस्तै सामाजिक व्यक्तित्वहरु क्रमश: अर्जुन मेन्याङ्बो, चन्द्र फागो,दिल बहादुर लावती , चरण सिंह खजुम , चन्द्र लावती, प्रेम मेन्यङ्बो, पिङकी लिम्बु हरुले जुस र पानीहरू उपलब्ध गराएका थिए भने कार्यक्रम खेल मैदान सरसफाइको अलवा झारपात उखेल्ने देखि दुई गाडी बोतल, प्लास्टिक र फोहोर मैला डिस्पोज गरिएको थियो संगै अव्यवस्थित भत्किएका तारघेर पनि मर्मत गरिएको छ।
कार्यक्रम औपचारिक भाषण वाज नभएपनि तत्काल कमल वडा न.३ कार्यसमितिको सिफारिसमा कमल गाउँपालिका लाई खेल मैदान मर्मत खर्च अति आवश्यक देखिएको जस्तो हातिले तार घेरा भत्काएको, दुई शौचालय अति जिर्ण अवस्था भएको, गेट रङ रोगन लगायतका आवश्यक निर्माण मर्मतको लागि पालिकामा माग-पत्र बुझाएको कुरा संस्थाकी अध्यक्ष सेलिना राईले बताएका थिए। त्यस्तै कमल ३ वडा अध्यक्ष अग्नि प्रसाद कोइराला , लालिमा बोर्डिङ इङलिस स्कुल फाउन्डर गौरीमान फागो , फोनिस बोर्डिङ स्कुल फाउन्डर बदी राई , शान्ति संगम टोल अध्यक्ष ज्ञानसिंह राई , संस्थाको प्रमुख सल्लाहकार छत्रहाङ फागो , NMC संस्थाबाट रिता खतिवडा , सामाजिक व्यक्तित्व पत्रकार विरेन्द्र याक्थुम्वा , कमल फागो , चन्द्र फागो लगायत उपस्थित रहेको थियो ! भने फाल्गुनन्द टोल बिकास संस्थाकी अध्यक्ष सेलिना राई/शशीले सरसफाई कार्यक्रममा उपस्थिति र सहयोगी मनहरूलाई धन्यवाद दिदै पशु चौपाया जथाभावी छोड्नु हुदैन दुर्घटना हुन् सक्छ , आफ्नो ठाउँ आफै बनाउनु पर्ने बताएकी थिइन । भने कार्यक्रमको सहजीकरण सामाजिक व्यक्तित्व बसन्त राज सुब्बा , नरेन हाङ लिम्बुले गरेको थिए !!