काठमाण्डौ,बुढानिलकण्ठ नगरपालिकाको प्राङ्गणमा लैङ्गिक हिंसा बिरुद्धका विभिन्न ब्यक्तिहरुद्वारा निर्मित करिब बाह्र दर्जन भन्दा बढी अत्यन्तै आकर्षक ज्ञानवर्धक र सुचना मुलक चित्रहरु प्रदर्शन गरिएका थिए।
लैङ्गिक हिंसा सम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्ने माध्यमहरु मध्ये फरक बिशेष रुपमा चित्र प्रदर्शनीलाई अबलम्बन गरेको छ।करिब पन्ध्र दिनको सुचना प्रवाह गरि आफ्ना चित्रहरूलाई प्रदर्शनीमा ल्याउन आग्रह नगरपालिकाले गरेको नगर उप प्रमुख अनिता लामाले बताउनु भयो।उहाँले हामिले पहिलो शुरुवात गरेका हौ तर हा सोचेको भन्दा निकै राम्रो उपलब्धी प्राप्त गरेका छौ जसले हामीलाई निकट भबिस्यमा थप उत्साही बनाएको छ नगर उप प्रमुख लामाले भन्नुभयो।
चित्र प्रदर्शनीले सामाजिक,सांस्कृतिक, मौलिक पहिचानलाई मात्र जीवन्त राख्ने नभई यसले बालबालिकाको सीप र शिक्षामा बिकास,आर्थिक समृद्धि, पर्यटन प्रबर्द्धन लगायत विश्वमा चित्रकलाको माध्यामबाट ठूलो उपलब्धि लिन सक्ने बताउनु भएको छ।
चित्र प्रदर्शनी कार्यक्रममा उपस्थित चित्रकार लगायत दर्शकहरुले बुढानिलकण्ठ नगरपालिकाले चित्र प्रदर्शन गरेर एउटा नवीन कामको थालनी गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा अझै बृहत् रुपमा लैजान सुझाव दिएका थिए।आफ्ना विभिन्न आकर्षक चित्रहरु सहित प्रदर्शनीमा उपस्थित हुनेहरुमा रुक्शना महर्जन, सरुना देबि महर्जन,जुजु काजी श्रेष्ठ ( प्रभात),सुजिता चौधरी,शर्मिला देबि तामाङ,विवेश खड्का, राजु पिठाकोटे, दिपाञ्जली राजभण्डारी प्रधान,लोईस महर्जन,सुगन्धी कुमारी शाही, किरण बिक,प्रितम दोङ, मधु कुमारी ठाकुर, लदिकी शेर्पा,ज्योती राना मगर, करिना तामाङ, राजन महर्जन, नेम बहादुर तामाङ, एञ्जिला जोशी, शुष्मा श्रेष्ठ,श्रेया हदा श्रेष्ठ, अनिता लामा, कमल योञ्जन रहेका थिए।
त्यसैगरी उपस्थित चित्रकारहरूमा दिपेन्द्र मान नेपाली, मिथिलादेबी यादव, सरिता मन्डल, लक्ष्मण मन्डल, मदन श्रेष्ठ, कान्छा काजी बशिस्ठ, बिपना महर्जन, अर्जुन न्यौपाने,मानव जंग माझी,राजन खड्का,रेणुका महर्जन,लालकाजी लामा,सुदर्शन राणा,सुनिता राणा,आवेग पिठाकोटे,छिरिङ चलाउने लगायतको प्रत्यक्ष उपस्थिति रहेको थियो भने ब्यस्त समयका कारण दर्जनौ चित्रकार अनुपस्थिति भएपनि प्रदर्शनीका लागि चित्रहरु पठाईएको थियो।