दोहा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवी लामिछानेले मत परिवर्तन नगरी देश परिवर्तन नहुने कुरामा जिकिर गरेका छ्न ।
प्रवासी नेपाली सम्पर्क विभाग कतारको आयोजनामा शुक्रबार ओएसीस विच क्लबमा आयोजित ‘विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति सभापति लामीछानेले आफुहरुले राम्रो काम गर्न सकेनौ भने हामीलाई कुर्ची तथा पदमा बस्ने अधिकार छैन भन्दै देश समृद्धि, शुखी, शान्तिपूर्ण बनाउन /राख्न अब हुने हरेक चुनावमा मत परिवर्तन गर्नैपर्ने कुरामा विशेष जोड दिए ।
पुराना राजनीतिक दलसँग अब चार वर्ष पनि नरहेको बताउँदै उनले मिसन ८४ मार्फत घण्टीले पुराना दललाई इतिहासमा बदल्दिने दाबी गरे । परिवर्तनका संवाहक युवाहरु रहेको बताउँदै, आफूले आस्था गरेको राजनीतिक दलको चिन्हलाई बदलेर घण्टीमा एकचोटि मतदान गर्न सभापति लामीछानेले आग्रह गरे ।
रास्वपाले राष्ट्र हितका विपरित काम नगरेको र नगर्ने बताउदै आफ्नो पार्टी र व्यक्तिलाई विभिन्न लाञ्छना लगाउने गरिएको प्रती दुखेसो पोख्दै , पुराना "भाडाको गाडी" जस्तै संज्ञा दिए
नेताहरू सुन तस्करीसँग कुम जोडेर भ्रष्टाचारमा लागेको बताउदै गरिमामय संसदमा गरिब पीडितहरूको पिडा बुझ्ने सांसद रास्वपाका मात्र रहेको उनको भनाइ छ ।
रास्वपा प्रवक्ता गोपाल न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रममा कतारमा रहेका विभिन्न बैचारिक, सामुदायिक, सामाजिक तथा बुद्धिजीवीहरूले शुभकामना मन्तव्य राखेका थिए । उपसभापति नियम भुजेलले सहजीकरण गरेको कार्यक्रममा कतारको समुदायमा तीन सय जना भन्दा बढी व्यक्तिहरू रास्वपा प्रवेश गरेका थिए ।
कार्यक्रमको समापन गर्दै सभापति अब्दुल करिम मियाँले रास्वपाको कार्यक्रम तथा लहर रोक्न कसैले नसक्ने बतॉउदै सङठनको एउटा सपना पूरा भएको बताए ।