दोहा : गैर आवासिय नेपाली तारा-२०२३ सिजन ४’को पहिलो अडिसन तथा उट्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
"नेपाली कला र संस्कृतिको सम्मान गरौ,प्रवासमा रहेका प्रतिभाको खोजी गरौ"भन्ने मुल नाराका साथ गैर आवासिय नेपाली संघर राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा तथा राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थमा पहिलो अडिसन तथा उद्धघाटन कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा छनोट भएका गायन विधाका ४७ जना र नृत्य विधाका २१ जना मध्येबाट शुक्रबार कूल ४९ जनाले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । पहिलो अडिसनमार्फत दोस्रो चरणमा गायन विधाबाट २७ जना र नृत्य विधाबाट १४ जना प्रवेश गरेका छन् ।
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली राजदूतावासका प्रथम सचिव कृष्ण क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
औपचारिक रुपमा उट्घाटन गरिएको कार्यक्रममा साँस्कृतिक संयोजक विवेक पुलामी मगरले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सम्पुर्ण संघ संस्थाको तर्फबाट गण्डकी प्रदेश कतार अध्यक्ष सागर पौडेल, पर्यवेक्षक कमल मणि गुरागाई, क्रान्ति सिंह र पहिलो अडिसनका अतिथि निर्णायक रहेका गैरआवासीय नेपाली संघका उपमहासचिव प्रविन गुरुङले आफ्नो मन्तव्य राखेका थिए ।
तमु (गुरुङ) समाज कतार अध्यक्ष टौमाया गुरुङले कार्यक्रमबारे जानकारी दिदै तमु गुरुङ समाज कतारले सन : २००८ बाट सुरु गरेको यो यात्रा आज चौथो सिजन सम्म आइपुगेको बताउदै प्रवासमा कला र गला भएका कलाकारलाई यो कार्यक्रमले अगाडि बढ्न टेवा पुग्ने बिश्वास व्यक्त गरिन् ।
नेपाली राजदूतावासका प्रथम सचिव कृष्ण क्षेत्रीले नेपाली जहाँ पुगेपनि नेपालको मौलिकताले चिनाउने गरेको बताए । उनले मौलिकतामा नेपाली गीतसंगीत अग्र पङ्क्तिमा आउने बताए । विभिन्न भाषाका गीत सङ्गीत लाई समेट्दै अगाडि बढ्नु पर्नेमा जोड दिए । भाषण भन्दा कलाहेर्न आएको भन्दै प्रदेश भुमीमा रहेरपनि नेपाली कला संस्कृती जोगाउन उल्लेखनीय योगदान दिने प्रती धन्यवाद व्यक्त गरे ।
पहिलो सत्रलाई एनसीसी कतारका महासचिव रविन मगरले सहजीकरण गरेका थिए ।।कार्यक्रमको समापन गर्दै सभापति भट्टले प्रतिस्पर्धामा सहभागी सबैप्रति शुभकामना व्यक्त गरे । उनले कतारमा श्रम गर्दै बचेको समयमा कलाकारिता गर्ने कलाकारलाई प्लेटफार्म प्रदान गर्नु एनसिसीको मुख्य उद्देश्य रहेको बताए
सांस्कृतिक चरणलाई एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव डिजन गुरुङले सहजिकरण गरेका थिए । प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका थिए ।
कार्यक्रममा पहिलो सुरुवात नृत्य बिधाबाट भएको थियो पहिलो नृत्य झरना राईले आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन अन्तिम गायन किसान बिकले राखेका थिए ।
दोस्रो चरण प्रवेश गर्ने कलाकारहरूमा अनमोल श्रेष्ठ, उत्तम राई,अक्षय लिम्बु, अनमोल ढकाल, भीम कार्की, अशोक गुरुङ, बनिता राई, बुद्धसिंह लिम्बु , गौतम सामी लिम्बु, हरिचन्द्र नेपाली, ईशान रेग्मी, जोन विक, किरण विक, क्षितिज तामाङ,मान सिंह परियार, रश्मि विक, सरला तामाङ, सुजन गुरुङ, सुरज केसी, रुष्तम तामाङ, असलमान राई ,प्रविन प्रधान बद्री देवकोटा, मालती लामा, दीपक घले र एन्जल कुलुङ रहेका छन् ।
त्यस्तै नृत्य विधाबाट झरना राई, सौजन चोहार, अमित राई, दिया सिंह, रितु श्रेष्ठ, जीवन राई, निरु श्रेष्ठ, शर्मिला घर्ती, सविना राई, जुनु माया कुमाल, सरोज लामा, सुनिता शेर्पा, रेखा मगर र ललिता लामा रहेका छन् ।
दोस्रो चरणमा प्रवेश गरेका कलाकारहरूले आगामी डिसेम्बर १५ तारिकभित्र आफ्नो गीतको म्युजिक ट्रयाक आयोजकलाई बुझाउन समेत आग्रह गरेको छ । दोस्रो चरणमा प्रवेश गरेका कलाकारलाई आयोजकले प्रमाण पत्र समेत प्रदान गरेका थिए ।