दोहा कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा हुन लागेको गैरआवासीय नेपाली तारा - २०२३ (चौथो संस्करण) अन्तर्गतको गायन तथा नृत्य प्रतियोगिताको डिजिटल अडिसन दिनको लागि अब मात्रै ४ दिन बाँकी रहेको छ ।
आयोजकका अनुसार अडिसन दिनको लागि अन्तिम मिति आगामी नोभेम्बर २५ तारीख कतारको समय रातको १० बजे सम्म रहने जानकारी गराएको छ।
नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौु भन्ने नारा सहित नेपाली कला प्रष्फुटन / उजागर गर्ने उद्देश्य र राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ आयोजना हुन लागेको कार्यक्रमको डिजिटल अडिसन गत नोभेम्बर १ तारीख देखिदेखि खुल्ला गरिएको थियो।
आयोजक समितिले एक सुचना जारी गर्दै कार्यक्रममा सहभागी भइ आ-अफ्नो कला गला प्रस्तुत गर्न कतारमा रहेका सबै कलाकारहरुलाई अनुरोध पनि गरेको छ भने सम्पुर्ण सहभागी कलाकारहरु मध्यबाट एउटा सर्वोत्कृष्ट आवाजको साथै १ जना सर्वोत्कृष्ट डान्सर (नृत्यकार) छनौट हुनेछ्न । प्रतियोगितामा सहभागि हुन ईच्छुक प्रतियोगी कलाकारले तपसिलमा उल्लेख गरिएको ब्यक्तिहरुसङ्ग सिधै सम्पर्क गर्न सक्ने पनि आयोजक समितिले जानकारी गराएको छ।
डिजिटल चरणमा निर्णायकका रूपमा कतारमा नृत्य तथा गायन विधामा ख्याती कमाएका अग्रज व्यक्तित्व रहेका छन् भने दोस्रो चरण प्रवेशसँगै नेपालका चर्चित कलाकारहरूसहितको निर्णायक टिम रहने भएका छन् ।
सम्पर्कको लागि मदन गुरुङ - ३१२९५८०७, रोशन अर्याल -७०६६५६४४, कृष्ण पन्थी - ५०३०७१५६, भाईकाजी गुरुङ - ७७६१२२००, बिबेक पुलामी मगर- ७०५४०९३२, धन बहादुर गुरुङ - ५५७४३४१२ सङ्ग सम्पर्क गर्न सकिने छ ।
डिजिटल अडिसनबाट छनौट भएका कलाकारको पहिलो अडिसनको लागी - १ डिसेम्बर २०२३, शुक्रवार अपह्रान्ह १:०० बजे देखि ५:०० सम्म सनैया स्थित फुलबारी रेष्टुरेण्टको सभा हलमा हुने छ साथै दोस्रो अडिसन -२२ डिसेम्बर, २०२३, शुक्रबार, तेस्रो अडिसन -१२ जनवरी २०२४, शुक्रबार र ग्राण्ड फिनाले -२ फेब्रुअरी २०२४, शुक्रबार हुनेछ।