दोहा :कर्णाली प्रदेश समन्वय परिषद् कतारले - भूकम्प पीडितलाई एक लाख सहयोग गरेको छ ।
कर्णाली प्रदेश अन्तरगत पर्ने जाजरकोट जिल्ला केन्द्रविन्दु बनाएर कार्तिक १७ गते २०८० शुक्रबार, तदनुसार ३ नोभेम्बेर २०२३ मध्यराती गएको ६.४ रेक्टर स्केलको भुकम्प गएको थियो ।
प्राकृतिक विपद बाट श्रृजना भयको दु:खद घडिमा कर्णाली प्रदेश समन्वय परिषद् कतारले भूकम्प पीडितहरुको राहतका लागि NRNA NCC कतार सँग समन्वय गरी नेपाली राजदुताबास कतार मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न भनी संस्थाका अध्यक्ष विजय कुमार बस्यालको अध्यक्षतामा बसेको बैठकले राहत स्वरुप नगद कतारी रियाल २७४५/- अर्थात ने.रु. १,००,०००/- (रुपैयाँ एक लाख) NRNA NCC कतारका अध्यक्ष रमेश भट्टलाई स - सम्मान हस्तान्तरण गरेको हो ।
रोजगारीको शिलसिलामा हाल कतारमा कार्यरत कर्णाली प्रदेश समन्वय परिषद् कतारका सदस्य नलगाड नगरपालिका ५ जाजरकोट निवासी मरिचमान शाहीको पूर्ण रूपमा दुई घर क्षति भयको र सोही घरमा सुत्नुभएको उहाँकी ठूली मम्मी मायादेवी शाही को मृत्यु समेत भयको हुनाले उहाँलाई राहत स्वरूप सहयोगका लागि कर्णाली प्रदेश समन्वय परिषद् कतारले NRNA NCC कतार सँग समन्वय गरी पीडितलाई प्रतक्ष रूपमा कतारमै राहत प्रदान गराएको थियो
यस अघि पनि दशैं खर्च कटौती गरी कर्णाली प्रदेश समन्वय परिषद् कतारले क्यान्सर पीडितलाई सहयोग गरेको थियो। त्यस लगत्तै तिहारको चहलपहलमा प्राकृतिक विपद्ले श्रृजना गरेको विनाशकारी भूकम्पले गर्दा यति बेला सिंगो कर्णाली प्रदेश शोकमा परेको हुनाले अब आउने अधिवेशन बाहेक अन्य तिहार, छड, इत्यादी कुनै पनि पर्व तत्काल एक वर्षको लागि नमनाउने भनी संस्थाले निर्णय गरेको कुरा NRNA NCC कतार लगायत कतार स्थित नेपाली समुदायका सामाजिक, जातीय तथा वैचारिक संघसंस्था सम्पूर्णलाई जानकारी गराएको छ ।
अन्तमा:भूकम्प पीडितका लागि सहयोग गर्ने आम सहयोगी मन तथा सहयोग रकम संकलनमा अहोरात्र खटेर साथ सपोर्ट गर्ने कर्णाली प्रदेश समन्वय परिषद् कतारका पदाधिकारी, कार्यसमिति तथा गैरकर्णली बासी आम दाजुभाइ तथा दिदीबहिनीहरु माझ सिंगो कर्णाली प्रदेश समन्वय परिषद् कतार परिवार को तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको जनाइएको छ ।
भूकम्प पीडितका लागि सहयोग गर्न इच्छुक सम्पूर्णको सहजीकरणका लागि सम्पर्क:
अध्यक्ष - विजय कुमार बस्याल
सम्पर्क - +974 7743 5611
महासचिव - हिरामणि सुनार
सम्पर्क - +974 66910218
कोषाध्यक्ष - गोपाल बस्नेत
सम्पर्क - +974 7401 9964 मा सम्पर्क गर्न सक्नुहुने छ ।