दोहा : किरात राई यायोक्खा शाखा कतारको नवौं अधिबेशन सम्पन्न भएको छ ।
भाषा, लिपि, धर्म र संस्कृति हाम्रो पहिचान, सम्पूर्ण किरात राईहरुको एकता हाम्रा अभियान" भन्ने मुल नाराका साथ स्थापना गरिएको संस्थाको नवौं अधिबेशन बाट अध्यक्षमा जीवन राई निर्विरोध निर्वाचित भएका छ्न ।
अन्य कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष राजकुमार राई प्रथम उपाध्यक्ष प्रेम बहादुर राई, द्वितीय उपाध्यक्ष (महिला) गंगा राई, महासचिव लक्ष्मी प्रसाद राई, सचीव शुक्र कु राई, कोषाध्यक्ष नरबहादुर राई, सहकोषाध्यक्ष आशा राई, महिला संयोजक प्रेमकला राई र सांस्कृतिक संयोजक धर्मराज राई रहेका छ्न ।
सदस्यहरुमा लिला राई, विज्ञान राई, विश्वकला राई, अनिल राई, मनु राई, सुमन राई, युकेस राई, बनिता राई, सपना राई, प्रतिमा राइ, आशंका राई, दल कुमारी राई, विश्व जंग राई, विक्रम राई (A), विक्रम राई (B), मन कुमार राई गरि ३० जनाको नयाँ कार्यसमिति निर्वाचित भएका हुन ।
संस्थाका अध्यक्ष शंकर राईको सभापतित्वमा अगाडी बढेको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगर रहेका थिए भने एनसिसि कतारका दृतिय उपाध्यक्ष केशव कार्की लगायत कतारमा स्थापित विभिन्न संघ संस्था हरुको विशेष आथित्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिएन मगरले किरात राई यायोख्या कतारले गरेका विभिन्न कार्यहरुको चर्चा गरे ।किरात राईहरुको भाषा, धर्म, लिपि, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै आफ्नो हक, अधिकार र पहिचानको निम्ति प्रवासमा रहेर पनि सक्दो योगदान पुर्याएको बताए । मगरले संस्थाका उत्तर उत्तर प्रगतिको कामना गर्दै आउने नयाँ कार्यसमिति लाई बधाई सहित शुभकामना मन्तव्य राखेका थिए ।
स्थानिय कलाकारहरुहरु द्वारा किराँती संस्कार झल्किने "साकेला नृत्य "लगायत अन्य बिधाका विभिन्न प्रस्तुति हरु पस्किदै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन सफल रहे ।
ग्रान्डमल प्लाजा स्थित वेलफेर रेस्टुरेन्टको सभाहलमा शुक्रबार सम्पन्न भएको अधिबेशन कार्यक्रम संस्थाका कार्यवाहक महासचिव राजु राईले कुशलता पुर्वक संचालन गरेका थिए भने उपस्थित सम्पुर्णलाई द्वितीय उपाध्यक्ष राजकुमार राईले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई समापन गर्दै सभापति शंकर राईले आफ्नो कार्यकालमा विभिन्न माध्यम बाट साथ सहयोग गर्ने तथा नवौं अधिबेशन लाई भब्य रुपमा सफल तुल्याउन उपस्थिति प्रमुख अतिथि लगायत सम्पुर्ण अतिथि सहित सम्पुर्ण कार्यसमिति लाई धन्यवाद ज्ञापन गर्दै आफ्नो मन्तव्य राखेका थिए ।