दोहा : नेपाली राजदूतावास कतार र रक्तदाता संघको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय पर्वहरु बडा दशै, शुभ दिपावली,नेपाल सम्वत र छठ पर्वको अवसरमा नेपाली राजदूतावास र नेपाली रक्तदाता संघको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
बिहान ८ बजे दिउँसो १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा नेपाली राजदूतावास कतारका महामहिम राजदुत डा: नरेश बिक्रम ढकालले रक्तदान गर्दै शुभारम्भ गर्नु भएको थियो ।
१५७ जनाको उपस्तिथि रहेको कार्यक्रममा १०० जनाले रक्तदानको लागी आफ्नो नाम दर्ता गरेका थिए । जस मध्य ८० जनाले रक्तदान गरेको २० जनाले रक्तदान गर्न बञ्चित भएको रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले बताए
नेपाली राजदूतावासका प्रथम सचीव कृष्ण कुमार सुवेदीले हामी नेपाली श्रम गर्नको लागि मात्र न भै यो देश सङ्ग हाम्रो धेरै कुरा भावना सङ्ग जोडिएको बताए । रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सभ्य र भव्य बनाइदिनु हुने सम्पुर्णलाई नेपाली राजदूतावासका महामहिम डा नरेश बिक्रम ढकालले धन्यवाद ज्ञापन गरे ।
शुक्रबार नेपाली राजदूतावासको प्राङ्गणमामा भएको कार्यक्रममा कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक सस्थाहरु, जिल्ला संस्थाहरु विभिन्न जातिय संस्थाहरु बुद्धिजिवी, समाजसेवी, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्तिथि रहेको थियो ।
कार्यक्रममा उपस्थित भएर रक्तदान गर्नुभएका सम्पुर्ण रक्तदाताहरुलाई सम्मान पत्र प्रदान गर्दै अन्तिम रक्तदान रामजी खत्रीले गरेका थिए ।