दोहा : कतारमा स्थापित जिल्ला संस्था महोत्तरी समाज सेवा कतारको दोश्रो वार्षिकोत्सब तथा श्री हनुमान आराधना कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राम हृदय साहको सभापतित्वमा तथा गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्व परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आथीत्यमा गरिएको कार्यक्रममा नेपाली महिला समाज कतार अध्यक्ष सरिता भन्डारी पौडेल, समाज सेवी चानख पोख्रेल, एनसिसि कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी, सचिव रोशन अर्याल लगायत कतारमा स्थापित विभिन्न संघ- संस्थाबाट आथित्यता रहेको थियो ।
ब्यानर उट्घाटन, दिप प्रज्वलन, भजन कृतन गर्दै अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथि संघ अध्यक्ष रमेश भट्ट लगायतले मन्तव्य राख्दै महोत्तरी समाज सेवा कतारले गरेका विभिन्न सामाजिक तथा आर्थिक कार्य सङ्गै प्रवासमा रहेर पनि धर्म र संस्कृतीको संरक्षण गर्न उल्लेखनीय योगदान पुर्याएको बताएका थिए ।
राज करण साहको स्वागत मन्तव्य र संस्थापक अध्यक्ष इसिलाल पन्डितले सहजीकरण गरेको कार्यक्रमलाई सभापति राम हृदय साहले समापन गर्दै, संस्थाको निमन्त्रणालाई सहर्ष स्विकार्दै आउने तथा कार्यक्रम सफल पार्न महत्त्वपूर्ण भुमिका खेल्ने सम्पुर्णमा आभार प्रकट गर्दै आगामी दिनमा अझै बृहत कार्यक्रम गर्दै जाने बताए ।
२ बर्ष पहिले २०७८ सालमा कतारका स्थापना गरिएको संस्थाले सामाजिक, आर्थिक, नैतिक कार्यमा सक्रिय रुपमा अगाडि बढीरहेको छ । उक्त कार्यक्रम २७ अक्टोबर २०२३ शुक्रबारका दिन समाल रोड स्थित मजारामा गरिएको थियो।