दोहा : नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश समन्वय परिषद कतार र प्रदेश अन्तर्गत जिल्ला हरुको आयोजनामा टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम प्लाजा मल स्थित रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा सम्पन्न गरिएको हो ।
कार्यवाहक अध्यक्ष डिल्लीराम भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख संरक्षक कमल मणि गुरागाइको प्रमुख आथित्यता रहेको थियो ।अग्रज व्यक्तित्वहरूबाट टीका तथा जमरा ग्रह गरिएको कार्यक्रममा लुम्बिनी तथा गैरलुम्बिना बासिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई परिषदका सचिव बिकाश गैरेद्वारा स्वागत गरिएको कार्यक्रमको सहजीकरण परिषदका महासचिव टेकराज थापाले गरेका थिए ।
आयोजक जिल्ला संस्थाहरुमा क्रमश अर्घाखाँची ,पाल्पा , गुल्मी ,रुपन्देही , प्युठान , दाङ्ग देउखुरी, रोल्पा जलजला , बाके ,बुद्धभुमि कपिलवस्तु, र नवलपरासी सेवा समाज कतार रहेका छ्न ।
विभिन्न धर्म, जातजाती, भाषा र समुदायका बिच पनी हाम्रा विभिन्न राष्ट्रिय चाडपर्वले हामिलाई एकताको सुत्रमा बाधेर राखेका बताउदै लुम्बिनी प्रदेशले प्रवासमा रहेर पनि धर्म र संस्कृतीको संरक्षण गर्न प्रतिवद्ध रहोस भन्ने विभिन्न व्याक्ती हरुले कामना गरेका थिए ।