दोहा : अन्तर्राष्ट्रिय नेपाली समाज कतारको आयोजनामा "शुभकामना -आदानप्रदान "कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली हरुका महान चाडहरु दशैँ - तिहार, नेपाल संम्बत तथा छठ पर्बको शुभ -उपलक्ष्यमा दोहा स्थित रेड चिल्ली होटलको सभाहलमा सयौंको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।
बिधिवत रुपमा उट्घाटन गर्दै अगाडि बढेको कार्यक्रममा संगठनका अध्यक्ष राजाराम शाहीको अध्यक्षता रहेको थियो । दोहाका अरु कार्यक्रम भन्दा निकै भिन्दै रुपमा गरिएको शुभकामना - आदानप्रदान कार्यक्रममा कुनैपनि संस्थालाई प्रमुख आथित्यतामा निमन्त्रणा गरिएको थिएन भने खादा,मालाको सट्टा फुलले स्वागत गरिएको थियो ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक संघ संस्था,सामाजिक, जिल्ला, बौद्धिक, सामाजिक अभियान्ता, पत्रकार लगायत अन्तर्राष्ट्रिय नेपाली समाजमा आस्थावान हरुको बाक्लो उपस्थिति रहेको थियो ।
"समावेशीता,संघीयता, समृद्धि, शुसासन र समाजबाद" भन्ने मुल नारालाई लिएर अगाडी बढेको सङ्गठ्नको कतारमा जन्म जनवरी १ तारिक २०१६ मा भएको र कतारमा रहेका मजदुर हरुको हक र हितका पक्षमा ससक्त अभियान चाल्दै आएको शुभकामना मन्तव्यको क्रममा विभिन्न बक्ता हरुले बताए ।
नेपाली हरुका महान चाडबाड आउँदै गर्दा , घर जान नपाएपनि समाजले शुभकामना कार्यक्रमको आयोजना गरि दसैंमय कार्यक्रम बनाएकोमा धन्यवाद व्यक्त गर्दै आउँदै गरेका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाज कतारका संरक्षक भरत परियार,एनसिसि कतार घले समुह बाट महिला उपाध्यक्ष मन्जु खनाल, नेपाली जनसम्पर्क समिती कतारका कार्यवाहक अध्यक्ष खगेन्द्र खनाल, नेपाली जनप्रगतिशील मञ्चका कार्यवाहक अध्यक्ष प्रकाश आले मगर, प्रवासी नेपाली एकता समाज कतार (पानस ) बाट गंगाराम फुयाल, प्रवासी नेपाली एकता एकता मञ्च कार्यवाहक अध्यक्ष गणेश ढकाल, कतार नेपाली एकता समाज अध्यक्ष राम प्रसाद पराजुली, नेपाली जन प्रगतिशील मोर्चा कतार अध्यक्ष रबिन पुन, नेपाली महिला समाज कतार अध्यक्ष सरिता भन्डारी (पौडेल ) लगायतको शुभकामना मन्तव्य रहेको थियो ।
सङ्गठन बिभाग प्रमुख मनोज दाहालले स्वागत मन्तव्य राखे भने अनमोल श्रेष्ठले केही आफ्नो साँस्कृतिक प्रस्तुति पस्किएका थिए । संस्थाका महासचिव - प्रवक्ता धुर्व क्षेत्रीले सबैलाई समेट्दै उत्कृष्ट कार्यक्रमको सहजीकरण गरेका थिए ।
अध्यक्ष शाहीले आफ्नो मन्तव्य राख्दै महान चाडहरु दशैँ - तिहार नेपाल संम्बत तथा छठ पर्बको शुभ -उपलक्ष्यमा आफ्नो संगठनले शुभकामना सहितको कार्यक्रम गर्न पाउदा खुशी लागेको बताए ।
वैदेशिक रोजगारिको लागि आएका हामि बाध्यताले परदेशमै चाडपर्व मनाउनु पर्ने हुन्छ,तथापि आफ्नो संगठनले शुभकामना कार्यक्रम आयोजना गरि चाडपर्व मनाएको बताए ।अध्यक्ष शाहीले कार्यक्रममा उपस्थिति जनाएर सफलता पुर्वक सप्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गर्दै औपचारिक कार्यक्रम समापन गरेका थिए ।