युएई, ताप्लेजुङ समाज सेवा युएईको गत १५ अक्टोबर २०२३ मा सम्पन्न भएको तेस्रो अधिवेशनबाट पुन लोकेन्द्र पालुङ्वा अध्यक्षमा निर्विरोध निर्वाचित भए ।
लोकेन्द्र पालुङ्वाको अध्यक्षतामा गठित ०२३–०२५ कार्यकालको नया कार्यसमितिमा प्रथम उपाध्यक्ष - मिलन थेबे , द्वितीय उपाध्यक्ष - निर्मला कार्की , महासचिव - बुद्ध लिङ्देन , कोषाध्यक्ष - रस्ना लिम्बु (सिता देबी), सचिब - राज खिम्दिङ्ग , सह-सचिब - खगेन्द्र अधिकारी , सह-कोषाध्यक्ष - नन्द कुमार यक्सो निर्विरोध निर्वाचित भए ।
यसैगरी बिरु पालुङ्वा ( डिक बहादुर), कृष्ण कुमार मेन्याङ्बो , मिना लिम्बु , जमुना यक्सो , पोबो थेबे छिरिङ्ग शेर्पा, चुङ्ला शेर्पा, सन्तोष माङ्देन, सिता दहाल, बिबेक लिम्बु , सबिता नाल्बो कार्य समिति सदस्यमा निर्वाचित भए ।
तत्कालिन समाजका अध्यक्ष लोकेन्द्र पालुङवाको सभापतित्व, बुद्ध लिङ्देन र रस्ना लिम्बु को संचालन रहेको अधिवेशनको खुलासत्र कार्यक्रममा प्रमुख अतिथी श्री वेद प्रासाद अर्याल - अध्यक्ष नेपाली समाज युएई र विशेष अतिथि :- श्री विक्रम पन धाक लिम्बु - अध्यक्ष जनजाती महासंघ युएईका ले अधिवेशनको शुभकामना दिदै प्रवास नेपाली संघ संस्थाको महत्व, समस्याहरूमा सहकार्य र ताप्लेजुङ समाज युएईको कार्यहरु प्रति आफ्नो आफ्नो सल्लाह सुझाब, अन्य कार्यहरु बारे प्रकाश पार्नु भएको थियो |
अतिथिको रुपमा आमन्त्रित सुरेन्द्र लामा - अध्यक्ष सुनसरी समाजका युएई, समपथ थापा - अध्यक्ष नवलपुर सेवा समाज युएई , भीमा लिम्बु महासचिव संघिय लिम्बुवान सामाजिक मञ्च युएई, मनिषा लिम्बु महासचिव - किराँत याक्थुङ चुम्लुङ यूएई , रमा न्यौपाने पन्त - अध्यक्ष सनातन गौ संरक्षण यूएई लगायतले अधिवेशनको शुभकामना दिएका थिए ।
बन्द सत्र र खुल्ला सत्र एकै साथ संचालन गरिएको कार्यक्रममा तत्कालिन महासचिव बुद्ध लिङ्देन द्धारा प्रस्तुत गरिएको संस्थाको कार्य प्रतिवेदन, कोषाध्यक्ष रस्ना लिम्बु द्धारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन, निर्वाचन संयोजक डम्बर लिबाङद्धारा नया कार्य समितिको घोषण गरि नब निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि, बिशेष अतिथिको उपस्थितीमा निवार्चित प्रमाणपत्र प्रदान गराएका थिए ।
कार्यक्रमको विचविचमा आमन्त्रित का कलाकारहरुको केलाङ, गीत, नृत्य लगायतको प्रस्तुतीले कार्यक्रम थप रोचक बनेको थियो साथै कार्यक्रमलाई केलाङ, गीत, नृत्य प्रस्तुत गर्नु हुने कलाकारहरुलाई समाजले मायाको चिनो वितरण गरेको थियो | मायाको चिनो प्राप्त गर्नु हुनेमा केलाङ तर्फ रस्ना लिम्बु, दिनेश कुमार लिम्बु , हेम फोम्बो लिम्बू , मिना लिम्बु , जुनु लिम्बु , दुर्गा कुरुम्बाङ , उदिप ओख्राबु , संगिता कुरुम्बाङ , मनोज देवान , भुमि ईधिङगो , टीका फियाक यसरी गरि गायन प्रस्तुतिमा दिनेश योङ्हाङ् लिम्बु र इन्द्र गुरुङ लाई प्रदान गरिएको थियो भने नृत्य तर्फ मनिसा लिम्बु र सजिब तामाङ लाई मायाको चिनो प्रदान गरिएको थियो |
यसै गरि समाजको स्थापन काल देखि नै आर्थिक र नैतिक रुपले प्रत्यक्ष, अप्रत्यक्ष रुपले भूमिका खेल्नु हुने समाजका पुर्व संरक्षक, सल्लाहकार, पदाधिकारी र बिशेष आर्थिक सहयोगको भूमिका निर्वाह गर्नु हुने सबिता नाल्बोलाई सम्मान पत्र प्रदान गरिएको समेत वरिष्ठ पत्रकार तिल विक्रम थेबेले मुग्लानी खबरलाई जानकारी दिनुभएको छ।