दोहा कतार, तिल विक्रम थेवे- किरात याक्थुङ चुम्लुङ कतारको गत १३ अक्टोबर २०२३ मा सम्पन्न भएको १२औं अधिवेसनबाट सागर तुम्बाहाम्फे अध्यक्षमा निर्विरोध निर्वाचित भए ।
सागर तुम्बाहाम्फेको अध्यक्षतामा गठित ०२३–०२५ कार्यकालको नया कार्यसमितिमा प्रथम बरिष्ठ उपाध्यक्ष तत्कालिन महासचिव विवस लिम्बु, द्धितीय बरिष्ठ उपाध्यक्ष तत्कालिन उपाध्यक्ष राम लङवा र तृतीय बरिष्ठ उपाध्यक्ष तत्कालिन सचिवालय सदस्य रेखा राई (लिम्बु) निर्वाचित भए भने अन्य उपाध्यक्षहरुमा उमा लिम्बु (महिला), युवराज बेघा र राज आङला निर्वाचित भए । महासचिव विरेन मादेन, उपमहासचिव गौतम आङदेम्बे, सचिवहरु सुजन माबो र भविन्द्र तुम्बापो, कोषाध्यक्ष सोम माबोहाङ, सहकोषाध्यक्ष निशा लिम्बु) निर्विरोध निर्वाचित भए ।
यसैगरी इन्द्र खापुङ, प्रकाश लिम्बु, निलासा केरुङ, दिल बहादुर सुब्बा (जेम्स), तेज बहादुर थेवे, अमिर लावती, नगेन्द्र लिम्बु, पुर्णबहादुर थेगिम, वेगेन्द्र लिम्बु, कृष्णमाया लिम्बु, टिका मिभक, छत्रबहादुर लिम्बु कार्य समिति सदस्यमा निर्वाचित भए ।
तत्कालिन संस्थाका अध्यक्ष हर्क खजुमको सभापतित्व, विवस मादेनको संचालन रहेको अधिवेसनको खुलासत्र कार्यक्रममा प्रमुख अतिथी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरले अधिवेसनको शुभकामना दिदै आदिवासी जनजातीहरुले आफनो धर्म सस्कार सस्कृतिलाई अक्षुण राख्नुपर्ने र आदिवासी जनजातीहरुको हक अधिकारको प्रत्याभुतिको लागि विभिन्न चरणमा विभिन्न प्रवृतिका पहिचानको आन्दोलनहरु समेत भईरहेको अवस्थामा हामी सवैजना भावनात्मक हिसावले देशविदेशमा पनि जागरुक हुनु आवश्यक रहेको बताए । प्रमुख अतिथीले कियाचु कतारलाई विभिन्न क्षेत्रबाट योगदान पुरयाएका व्यक्ति, सामाजिक संघसंस्थाहरु एवं कलाकारहरुलाई प्रशंसापत्र तथा कदरपत्र प्रदान गरेका थिए ।
विशेष अतिथीको रुपमा आमन्त्रित एनआरएनए एनसीसी कतारका द्धितीय उपाध्यक्ष केशव कार्की,आदिवासी जनजाती महासंघ कतारका प्रमुख सल्लाहकार पुरुषोत्तम सुनुवार,महासंघकै बचतकोषका प्रवन्ध निर्देशक शंखलाल तामाङ, महासंघका सल्लाहकार धिरज राई,तमु सेवा समाजका अध्यक्ष टौमाया तमुस्यो, किरात राई यायोख्खा कतारका अध्यक्ष शंकरमान राई, नेपाल प्रवासी तामाङ सेवा समाज कतारका प्रथम उपाध्यक्ष अस्मिता तामाङ, सुनुवार सेवा समाज कतारका अध्यक्ष शोभराज सुनुवार, प्रवासी भुजेल सेवा समाजका महासचिव दुर्गा भुजेल, नेवा पुचः कतारका अध्यक्ष राजु महर्जन, नेपाली धानुक समाज कतारका महासचिव तेजीलाल मण्डल, शेर्पा केदुङ समाज कतारका कोषाध्यक्ष वाङगे शेर्पा, तमु प्येल्हु संघ कतारका उपाध्यक्ष प्रितम तमु, नेपाल तामाङ घेदुङका उपाध्यक्ष शनक तामाङ, थारु कल्याणकारी सभा कतार च्याप्टरका अध्यक्ष श्यामलाल चौधरी नेपाली महिला समाज कतारका प्रथम उपाध्यक्ष माया केसी, संखुवासभा सेवा समाज कतारका अध्यक्ष राजेन्द्र खनाल, सामाजिक अभियन्ता भाईकाजी गुरुङ लगायतले अधिवेसनको शुभकामना दिएका थिए ।
बन्दसत्रमा तत्कालिन महासचिव विवस मादेनद्धारा प्रस्तुत गरिएको संस्थाको कार्य प्रतिवेदन, कोषाध्यक्ष सोम माबोहाङद्धारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन, विधान संशोधन समिति संयोजक डम्बर लिबाङद्धारा प्रस्तुत विधान संशोधन सर्वसम्मत पारित भएको थियो भने निर्वाचित कार्यसमितिलई निर्वाचन समितिको संयोजक तिलविक्रम थेवेले सपथग्रहण गराएका थिए ।
कार्यक्रमको विचविचमा किरात याक्थुङ चुम्लुङका कलाकारहरुको केलाङ, गीत, नृत्य लगायतको प्रस्तुतीले कार्यक्रम थप रोचक बनेको थियो ।