कतार –एनआरएन द सिङ्गर सिजन १ फाइनलको लागि कतारबाट गुना मगर " निशु" काठमाण्डौ प्रस्थान गरेकी छिन ।
डिजिटल प्लेटफर्म अर्थात (अनलाइ) मार्फत विश्वभरीको विभिन्न ३७ वटा देशबाट करिब ३१२ जनाले प्रतिस्पर्धाको लागि अडिसन दिएका थिए भने सोही मध्यबाट उत्कृष्ट – ४०, २०, १५, १२, १० छान्दै सर्बोत्कृष्ट ५ अर्थात फाइनालिस्ट छानिएका छ्न ।
कतारबाट भोजपुरकी गुना मगर ‘निशु’, जापानबाट काभ्रेका कर्मा दोङ तामाङ, पोर्चुगलबाट रोल्पाका सुवास चन्द्र पुन मगर, नर्वेबाट चितवनका बिष्णु क्षेत्री र युकेबाट काठमाडौकी युक्ति बलामीले सबै प्रतिस्पर्धीहरुलाई पछि पार्दै फाइनलको लागी स्थान बनाएका हुन।
गायिका मगरलाई बिदाइ गर्नको लागि एनसीसी कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थी, पुर्ब साँस्कृतिक संयोजक सामुयल सुनुवार, हाम्रो सपना सङ्गीत परिवारका उपाध्यक्ष बिजय गौतम लगायतको दोहाको एयरपोर्टमा उपस्थिति रहेको थियो ।
गायिका मगरलाई नेपाल जान आउनको लागि टिकटको व्याबस्था एनसिसि कतारले गरेको थियो भने, कार्यवाहक अध्यक्ष पन्थीले ५००० (पाँच हजार ) नेपाली रुपैया भोटिङको लागि सहयोग गरेका थिए । भोटिङको लागि भोलि आइतबार २ बजे सम्म मात्र खुला रहेको हुँदा प्रवास कतारमा रहनुहुने सम्पुर्णमा गायिका मगरलाई भोट गरेर जिताउनको लागि एनसीसी कतारले आग्रह गरेको छ ।
स्पेस फोर के एच.डी टेलिभिजन च्यानल मार्फत प्रसारण हुने उक्त सोमा निर्णायक भुमिकामा नेपाली सङ्गीतमा बिगत लामो समयदेखि निरन्तर लागि रहेका बरिस्ठ गायक/गायिका सङ्गीतकारहरु शम्भु राई, सर्मिला बर्देवा र रुप कुमार शाहिसमुडा रहेका छ्न।
सेप्टेम्बर ९ देखि सुरु भएको सोले अक्टोबर १५ मा हुने ग्राण्ड फिनाले बाट एउटा उत्कृष्ट प्रवासी आवाज पाउनेछ र त्यही उत्कृष्ट आवाज विजेता बन्ने छ।
साथै उक्त रियालिटी सो प्रतियोगिताको विजेताले नेपाली रुपैया ५ लाख उप विजेताले २ लाख र तेस्रो हुनेले १ लाख नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र पाउने आयोजक टिमले जानकारीगराएको छ ।