दोहा : गैरआवासीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद कतार र तमु गुरुङ समाज कतारको संयुक्त आयोजनामा गैरआवासीय नेपाली तारा -२०२३ हुने भएको छ ।
"नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेका प्रतीभाको खोजी गरौं भन्ने नाराका साथ रास्ट्रिय अविस्कार केन्द्रको सहयोगार्थ गैरआवासीय नेपाली तारा -२०२३ हुने भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो ।
गायन र नृत्य बिधागरि दुई चरणमा हुने कार्यक्रम सन : २००८ देखी सुचारु गरिएको र अहिले चौथो चरणको रहने छ । पहिलो अडिशन नोभेम्बर २४ बाट सुरु हुने कार्यक्रममा "चौथो गैर आवासीय नेपाली तारा २०२३"को बिजेताले ५००० कतारि रियल पुरस्कार पाउनेछन।
तेसैगरि बिजेताले ४२०० कतारि रियल र दोस्रो हुने गायन र नृत्य दुबै बिधाको प्रतियोगिलाई ७५/७५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
उत्कृष्ट गायन र उत्कृष्ट नृत्यबाट "चौथो गैर आवासीय नेपाली तारा २०२३" घोषणा गरिने कार्यक्रमको पहिलो अडिशनबाट गायन र नृत्यबाट ४०,४० जना उत्कृष्ट प्रतियोगिहरुको छनोट गरिनेछ।
कतारमा लुकेर रहेका प्रतिभाहरुलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसरको रुपमा रहेको कार्यक्रमको ८ डिसेम्बरमा दोस्रो र २२ डिसेम्बरमा तेस्रो अडिशन हुनेछ।
नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका कलाकारहरु माँझ हुने कार्यक्रमको ग्राण्ड फिनाले २०२४ को फेब्रुअरी २ तारीखमा हुनेछ। पत्रकार सम्मेलनमा गायन र नृत्य बिधाको नियम हरु समेत जानकारी गराइएको थियो ।
कार्यक्रमको सहजीकरण एनसिसि कतारका सचिव सन्तोष क्षेत्रीले गरेका थिए भने स्वागत मन्तव्य तमु गुरुङ सेवा समाज अध्यक्ष तौ माया गुरुङको रहेको थियो । नेपाल पत्रकार महासंघ कतार शाखाका कार्यवाहक अध्यक्ष दिल कुमार श्रेष्ठको विशेष उपस्थिति रहेको कार्यक्रमको सभापतित्व एनसिसि कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थीले गरेका थिए ।
कार्यक्रमको गर्नुको उदेश्य बारेमा कार्यक्रम संयोजक सन्दीप भट्टराई रकार्यक्रम गर्नुको उदेश्य र आर्थिक श्रोतको बारेमा बुधबल गुरुङले प्रष्ट पारेका थिए ।