मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले ज्येष्ठ नागरिकका हकहित र अधिकारको सवालमा संविधानले गरेको व्यवस्था अझै पूर्ण रुपमा कार्यान्वयनमा आउन नसक्नु विडम्बना भएको बताउनुभएको छ ।
आज मध्यपुरथिमिमा नेपाल ज्येष्ठ नागरिक सेवा सहकारी संस्था लिमिटेडले आयोजना गरेको ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस तथा १५औँ ज्येष्ठ नागरिक सम्मान समारोह र १४औँ अगष्टाइन गुस मुर्रे पुरस्कार वितरण समारोहको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नेपालको संविधान २०७२ ले ज्येष्ठ नागरिकको सवालमा राज्यबाट विशेष सामाजिक सुरक्षा, हकअधिकारको व्यवस्था गरेको छ, मौलिक हकमा पनि व्यवस्था छ, तर राज्यबाट कार्यान्वयनको अवस्था कमजोर छ, यसतर्फ सरकारले विशेष ध्यान दिनु अत्यावश्यक छ ।”
ज्येष्ठ नागरिकले पाउँदै आएको मासिक सामाजिक सुरक्षा भत्ता कम भएको भन्दै न्यूनतम रुपमा जीवन निर्वाह गर्न सक्ने अवस्थामा भत्ता दिने अवस्थामा राज्यलाई पु¥याउनुपर्ने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकले पारिवारिक माया, प्रेम, ममता, सद्भाव, संस्कृतिबाट टाढिनुपर्ने अवस्था आएको भन्दै उहाँले सक्नेले पनि आमाबुबालाई आश्रममा लगेर राखिदिने गर्न थालेकाले यसलाई रोक्नुपर्ने आँैल्याउनुभयो । शिक्षा नीतिमा परिवर्तन गरी नैतिक शिक्षा र परिवारप्रति दायित्व बोध गर्ने शिक्षा समावेश गर्नुपर्नेमा जोड दिँदै पूर्वअध्यक्ष रेग्मीले राज्यबाट दिने सेवा, संवैधानिक हक, अधिकार सहज रुपमा ज्येष्ठ नागरिकले प्राप्त गर्न सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । सहकारीलाई कृषि उत्पादन र कृषि उद्यमसँग जोडेर लैजान सके देशको अर्थतन्त्र विकास हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आफ्नो नगरपालिकाले ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क बीमा गरिदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले ६० वर्ष माथिका ज्येष्ठ नागरिक, एकल, दलित, अपाङ्गलाई निःशुल्क स्वास्थ्य बीमा गरेका छौँ, पाँच वर्षभित्र सम्पूर्ण नगरवासीको बीमा गरिदिने भएका छौँ, ज्येष्ठ नागरिकलाई दिवा सेवा सञ्चालनका लागि बोडेमा ज्येष्ठ नागरिक भवन निर्माण गरेका छौँ, सिद्धिकालीमा पनि यस्तै भवन बन्दैछ ।” उहाँले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर अस्पतलमा डायलोसिस सेवा, सिटी स्क्यान सेवा सुरु गरेको, प्रसूति वार्डमा विशेष सेवा प्रदान गरिएको, निःशुल्क रगत वितरण सेवा सञ्चालन गरेको, ब्लड बैंक निर्माण गर्न लागेको बताउनुभयो ।
उहाँले नगरपालिकाले ज्येष्ठ नागरिकसँगै मूर्त तथा अमूर्त कला, संस्कृति र सम्पदाको संरक्षणमा योगदान पु¥याउँदै आएको बताउनुभयो । ‘सहकारी बा’ को नामबाट परिचित ज्येष्ठ नागरिक सेवा सहकारी संस्था लिका अध्यक्ष एव कार्यक्रमका सभापति कैलाशभक्त प्रधानाङले ज्येष्ठ नागरिक सहकारी बचत तथा ऋण प्रवाह गर्ने संस्था नभई नितान्त ज्येष्ठ नागरिकको सेवामा सञ्चालित संस्था भएकाले नगरपालिको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले जमा भएको रु ५६ लाखबाट संस्था सञ्चालन भइरहेको भन्दै नगरपालिकाले ज्येष्ठ नागरिकको आशा र भरोसालाई टुट्न दिन नहुने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकले सबै स्वास्थ्य उपचार सहज रुपमा नपाएको भन्दै त्यसको व्यवस्था गर्नुपर्ने बताउनुभयो । अगष्टाइन गुस मुर्रे पुरस्कार प्रदान कार्यक्रममा नेपालमा बचतको शुभारम्भ गर्नुहुने आइरल्याण्डका सहकारीकर्मी एवं वल्र्ड काउन्सिल अफ क्रेडिट युनियनका संस्थापक अगष्टाइन गुस मुर्रेको नाममा स्थापना भएको नगद पुरस्कार प्रदान गरिएको छ । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले रु ३० हजार एक नगद पुरस्कार प्रदान गरी दोसल्ला ओढाएर सम्मान पत्रका साथ ललितपुरस्थित स्कोप बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष किशोरभाई बज्राचार्यलाई सम्मान गर्नुभयो ।
त्यस्तै जनता बचत तथा ऋण सहकारी संस्था लि भक्तपुर चित्रपुरका अध्यक्ष राजेशकुमार राजथला र सक्षम बचत तथा ऋण सहकारी संस्था लि काभ्रे बनेपाका अध्यक्ष रमेशकाजी श्रेष्ठलाई जनही रु १० हजार एकको नगद पुरस्कारसहित दोसाल्ला ओढाएर, सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । त्यस अवसरमा स्थानीय ८० ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर, नगद रकमसहित झोला, च्यावनप्राश, भिटामिन डि, जुस, फलफुल, मिठाइ, दुई÷दुई जोर मोजा र लौरो प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिगोविन्द प्रजापति, सचिव राजेन्द्र प्रजापतिलगायतले कार्यक्रमको महत्व र ज्येष्ठ नागरिकको आवश्यकताका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०