काठमाण्डौ,असोज १३, नेपाल तामाङ घेदुङको गोकर्णेश्वर नगर कार्यसमिति काठमाण्डौको दोस्रो नगर अधिवेशन वडा नं ९ आरुवारी स्थित श्री बुद्ध धर्म चक्र दिप गुम्बा सभाहलमा सम्पन्न भएको छ।
तामाङ भाषा र संस्कृतिको प्रवर्द्धन गरौ! ताम्सालिङ प्राप्तिका लागि शक्ति निर्माण गरौ भन्ने मुल नारा रहेको कार्यक्रमको उद्घाटन सत्रको सभा अध्यक्षता कार्यक्रमका संयोजक प्रेम बहादुर मोक्तानको रहेको थियो भने प्रमुख अतिथी - नेपाल तामाङ घेदुङ संघका संघीय अध्यक्ष मोहन गोले रहेका थिए।
उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथी मोहन गोले, बिशिष्ट अतिथि तथा गोकर्णेश्वर नगर उप प्रमुख सान्नानी लामा,विशेष अतिथी नेपाल तामाङ घेदुङ बिशिष्ट अतिथिहरूमा नेपाल तामाङ घेदुङका संघिय सदस्य तथा काठमाडौ जिल्ला इन्चार्ज सुर्यमान तामाङ,काठमाण्डौ जिल्ला अध्यक्ष राजु लामा तामाङ, गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष मधु तामाङ,वडा नं ६ का वडा अध्यक्ष नवराज लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए।
गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा सदस्य सचिन लामाद्वारा संचालित कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रमका संयोजक बुद्धिमान तामाङले राखेका थिए।
त्यसैगरी कार्यक्रममा उपस्थित हुनेहरुमा बौद्ध धर्म चक्र दिप गुम्बाका अध्यक्ष बिजेन्द्र लामा,गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा सदस्य श्रीकृष्ण तामाङ,वडा नं ८ का वडा सदस्य सुमन लामा,गोकर्णेश्वर नगर कार्यपालिका सदस्य तथा वडा नं २ का वडा सदस्य माया तामाङ,पुर्व उस्सु राष्ट्रिय खेलाडी रति लामा, शंखरापुर नगर घेदुङ अध्यक्ष राम बहादुर तामाङ ,चन्द्रागिरी नगर घेदुङ अध्यक्ष रामहरी लामा लगायत विभिन्न बौद्ध धार्मिक संघ संगठन, तामाङ बुद्धिजीवी,समाजसेवी दाजुभाइ तथा दिदी बहिनिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
दुई चरणमा संचालन गरिएको कार्यक्रमको बन्द सत्रमा संस्थाको आय ब्यय कार्यक्रम संयोजक बुद्धिमान तामाङले प्रस्तुत गरेका थिए। लक्ष्मण कुमार लामा (गोले) को नेतृत्वमा कृष्ण लामा दोङ,मुना तामाङ लगायतको तीन सदस्यीय निर्वाचन समितिले बुद्धिमान तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्ब सम्मतले चयन गरेको छ।जसअनुसार उपाध्यक्ष - पुर्ण बहादुर तामाङ,महिला उपाध्यक्ष -फुलमाया लामा, सचिव- दिपक तामाङ,कोषाध्यक्ष - मिना लामा, सह सचिव - अनुका थिङ सर्ब सम्मतले चयन भएका छन भने सदस्यहरुमा मिठु लामा, गिता लामा,सुनिता लामा,सोममाया लामा,सुनु लामा, कुमारी तामाङ र नानिमाया तामाङ चयन भएका छन।
अन्त्यमा नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक लक्ष्मण कुमार लामा( गोले) ले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए। सपथ ग्रहण पश्चात् नब निर्वाचित अध्यक्ष तामाङले आफ्नो उदेश्य अनुरुप अगाडि बढ्दै तामाङ जातिको लागि जस्तोसुकै संघर्ष पनि गर्नेमा बिश्वस्त बनाउदै सम्पुर्णमा धन्यबाद ब्यक्त गरेका थिए।