काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको फेरि भेटौँला सहितको बिदाई कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आउनु भएका बैकुण्ठ प्रसाद सापकोटाको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भए पछि नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि फेरि भेटौँला सहित बिदाई कार्यक्रम गरिएको छ ।
नगरपालिकाको सभाहलमा भएको उक्त कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसालको सभा अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख सान्नानी लामा,नगर प्रबक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदी,वडा अध्यक्षहरु,वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, विभिन्न राजनितिक दलका प्रमुखहरु, कर्मचारी, समाजसेवी बुद्धिजीवी लगायतले हल खचाखच भरिएको थियो।उहाँको बिदाईमा उपस्थित अधिकांशको अनुहार मलिन भावुक देखिएको थियो।
करिब २० महिना भन्दा बढि जिम्मेवारी सम्हाल्नु भएका प्रमुख प्रशासकिय अधिकृत सापकोटाले आफुले जिम्मेवारी सम्हालेदेखि नगरपालिकाको सर्वाङ्गिण बिकासका लागि आफ्नो दक्षता क्षमता बुद्धि बिबेकले भ्याए सम्म कानुन प्रकृया र ब्यबस्थापनमा अहम भुमिका निर्बाह गरेको बताउदै स्वागत र बिदाई पनि जन पछि मृत्यु जस्तै एक नियमित प्रक्रिया हो तर पनि बिदाई अलि भावुक र कठिन हुने बताउनु भयो। उहाँले आफुले कहिले पनि नियतले नभई उदेश्यले काम गर्ने भएकोले आफुले गरेका काम उत्कृष्ट हुनेमा बिश्वस्त रहेको बताउनु भयो।
अधिकृत सापकोटालाई नगर प्रमुख रिसालले प्रशंसा गर्दै ढाकाटोपी, उपप्रमुख सान्नानी लामा तथा उपस्थित सम्पुर्णले खादा माला मायाको चिनो प्रदान गरि भब्य सम्मानका साथ फेरि भेटौँला सहित बिदाई गर्नुभएको थियो।
गोकर्णेश्वर नगर सुचना अधिकारी तथा शाखा प्रमुख भुपेन्द्र बोहराद्वारा सहजीकरण गरिएको कार्यक्रममा उप प्रमुख सान्नानी लामाले प्रमुख प्रशासकीय अधिकृत सापकोटा सँग जति दिन काम गरियो अत्यन्तै सौहार्दपूर्ण वातावरणमा काम गर्न पाएको बताउदै राष्ट्रसेवक कर्मचारीहरुले राष्ट्रभरिको सेवा र जिम्मेवारी सम्हाल्नुपर्ने नियम र प्रक्रिया भएकोले उहाँलाई हामिले चाहेर पनि रोक्न नसक्ने बताउनुभयो।उहाँले गीतको एक टुक्कालाई समेत जोड्दै 'छोड्न मन त थिएन मलाईनी, छोड्नै पर्यो मन नलाई नलाईनी' भने जस्तै भएको बताउनु भएको थियो।
त्यसैगरी कार्यक्रमका सभा अध्यक्ष तथा नगर प्रमुख दिपक कुमार रिसालले प्रमुख प्रशासकिय अधिकृत सापकोटा संग आफुले १६ महिना काम गर्ने अवसर प्राप्त गरेको र उहाँकै कार्यकालमा थुप्रै नगर सभा कार्यपालिका बैठक नीति तथा कार्यक्रमलाई कार्यन्वयन मा अहम भुमिका निर्वाह गर्नुका साथै स्वास्थ्य क्षेत्रमा ७५३ वटै नगरपालिका मध्ये गोकर्णेश्वर नगरपालिकाले फरक पहिचान बनाउन सफल हुनुमा उहाँको पनि ठूलो योगदान रहेको बताउनु भएको थियोे।