दोहा : कतारमा स्थापित संस्था दलित एकता संजाल ,बिस्वकर्मा समाज र परियार मित्रता समाज कतारकाे संयुक्त आयाेजनामा "आन्तरिक चेलिबेटी भेटघाट तथा तीज शुभकामना आदान प्रदान कार्यक्रम २०२३ सल्वाराेड स्थित कराची रेस्टुरेन्ट काे सभाहलमा सम्पन्न भएको छ ।
दलित एकता संजाल कतारका अध्यक्ष किरण परियारको सभापतित्वमा र दलित एकता संजाल कतारकी प्रमुख संरक्षक ईन्दुर लावर प्रमुख अथिति रहनुभयकाे थियाे ।
रास्ट्रिय गित ,माैन धारणा र द्विपप्रज्लन गरि उद्घाटन गरियकाे कार्यक्रममा स्वागत मन्तब्य दलित एकता संजाल कतारका बरिष्ठ उपाध्यक्ष प्रकाश बिस्वकर्माले राख्नुभयकाे थियाे, स्वागत नृत्य कलाकार साजना स्वर्णकारको र औपचारिक कार्यक्रमको सन्चालन दलित एकता संचाल कतारका महासचिव क्षितिज किरण गैरेले गर्नुभयकाे थियाे ।
कार्यक्रममा बिस्वकर्मा सेवा समाजका अध्यक्ष सेबक घताने , परियार मित्रता समाज कतारका बरिस्ठ उपाध्यक्ष गुप्त परियार ,दलित एकता संजाल कतारका संरक्षक कृष्ण परियार , दलित एकता संजाल कतारका प्रमुख सल्लाहकार कृष्ण बिस्वकर्मा, बरिस्ठ सल्लाहकार सुमन नेपाली,बिस्वकर्मा समाज कतारका सल्लाहकार अजय बिस्वकर्मा, बिस्वकर्मा समाज कतारकि महिला उपाध्यक्ष गिता बिक ,दलित एकता संजाल कतार र परियार मित्रता समाज कतार कि महिला उपाध्यक्ष उषा परियार लगायतले शुभकामना मन्तब्य राख्नुभयकाे थियाे ।
कार्यक्रममा कलाकार रेस्मा बिस्वकर्मा,लाेकेन्र्द दुतराज,रितुकाली थापा,पदम सेन्चुरी,बाबु काैषल ,देब घिमिरे,टंक बिस्वकर्मा,झुमा परियार,सुरेस बिसी ,पुकार थापा ,लगायत कलाकारहरुले तिजबिशेष कार्यक्रम लाई सांगीतिकमय बनायका थिए।
कार्यक्रममा बाेल्दै प्रमुख अथिति ईन्दुलावर ले प्रवासमा रहेर पनि सबै दलित दाजुभाइ तथा दिदिबहिनीहरुले एकै स्थानमा रहेर तिज मनाउन पाउँदा धेरै नै खुसि लागेकाे बताउदै अब दलित महिलाहरु अगाडि बढ्नु पर्ने,आफ्नाे हक र अधिकारकारकाे लागि बुलन्द आवाज उठाउनु पर्ने साथै सबै दलितहरु एकजुट भई समाजमा रहेका रुणिबादी अन्धबिस्वास लाई जरैदेखि निर्मुल पार्न सबै एकजुट हुनुपर्ने धारणा ब्यक्त गर्नुभयकाे थियाे ।
कार्यक्रममा नेपालबाट कतार घुम्न आउनुकी २ जना महिला र एक जना बृद्द आमालाई सम्मान गरिकाे थियाे ।कार्यक्रमकाे अन्त्यतिर कार्यक्रम अध्यक्षता गर्नुभयका दलित एकता संजालका अध्यक्ष किरण परियारले कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गर्न खट्नुहुने सम्पुर्णमा धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभयकाे थियाे ।