दाङ, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले एक कार्यक्रमको आयोजना गरि अनाथ बालबालिकाहरुका लागि बीस हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
दाङमा रहेको बाल शान्ति गृहमा रोल्पा ,रुकुम, दाङ कपिलवस्तु, बाँके, बर्दियाका अनाथ बालबालिकाहरु बस्दै आएका छन।उनिहरुको अवस्थालाई मध्येनजर गर्दै केही राहत हओस भन्ने उदेश्य अनुरुप शाखा कतारले पठाएको २०,००० आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।
कतार शाखाले केही समय अगाडि अनाथ बालबालिका सहयोगार्थ एक चिठ्ठा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो जसबाट वचत भएको पैसालाई शाखाले अनाथ वालवालिका हरुको लागि पठाएको हो।
आर्थिक सहयोग कार्यक्रममा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय सल्लाहकार के_बि गुरुङ,अध्यक्ष डिलाराम ओली, सचिव रोशन गिरी, कोषाध्यक्ष निशान वली, सदस्यहरु घन बहादुर रोका , जगुमती बुढा मगर, एलिना बुढा मगर रहेका थिए,
त्यसैगरी दाङ शाखाका प्रमुख सल्लाहकार शक्ति राम डाँगी, अध्यक्ष ओम प्रकाश खड्का, प्रेस संयोजक कैलाश घर्तीमगर, उपाध्यक्ष कल्पना घर्ती, महासचिव घनश्याम गिरि , कोषाध्यक्ष सुर्य बहादुर भुसाल,रोल्पा कोर्चावाङ समाजका अध्यक्ष नन्द बहादुर घर्ती,बाल शान्ती गृहका संचालक भोलानाथ योगी लगाएत दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।