मुग्लानी खबर २१ जेठ
नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मोफसलको नुवाकोटबाट प्रकाशित हुँदै आएको सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा चौथो संस्करणको ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को उत्कृष्टमा पाँच नोमिननेसन सूचि सार्वजनिक गरेको छ ।
आयोजक सुन्दरदेवी साप्ताहिकले आइतबार काठमाडौको रातोपुलस्थित रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरी अवार्डको उत्कृष्ट पाँच सूचि सार्वजनिक गरेको हो । ३८ विधामा सार्वजनिक उत्कृष्ट पाँचको मनोनयनमा परेकालाई कार्यक्रममा प्रमाणपत्र समेत वितरण गरिएको छ ।
हिजो देखि सर्वोत्कृष्ट एक छान्नका लागि भोटिङ पनि सुरु गरिएको छ । भोटिङ गर्नका लागि एसएस एम ए टाइप गरि सम्बन्धित स्रष्टा सर्जकको नाम लेखि भोटिङ कोर्ड लेख्नुपर्नेछ ।
लोक,आधुनिक,तामाङ सेलो, पपसहित गीत, सङ्गीत,शब्द,म्युजिक भिडियोलगायतमा उत्कृष्ट पाँचको मनोनयन केही समयअघि सार्वजनिक गरिएको थियो । अवार्ड आगामी २६ जेठमा काभ्रेको बनेपामा विशेष कार्यक्रम गरेर प्रदान गरिने अध्यक्ष किरण अधिकारीले जानकारी गराए ।
अधिकारीका अनुसार अवार्डमा नेपाली गीत–सङ्गीतको क्षेत्रमा योगदान पुर्याएका एकजना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । त्यस्तै, कला क्षेत्रमा कलम चलाउने दुईजना पत्रकारलाई नगदसहित सम्मान गरिनुका साथै अन्य सर्जकलाई पनि सम्मान गरिने जनाइएको छ । पहिलो र दोस्रो क्षेत्रीय स्तरमा भएको यो अवार्ड तेस्रो संस्कणदेखि राष्ट्रियस्तरमा हुन लागेको हो ।
म्युजिक अवार्ड’को उत्कृष्ट पाँच नोमिननेसन सूचिमा म्हेन्दोमाया गीत संगीतका किंग भनेर चिनिने सागर एस वाइबाको नाम पनि अटाउन सफल भएको छ उनि लगायत म्हेन्दोमाया गायक गायिका र पुरुस मोडल र महिला मोडल तर्फ को को पर्न सफल भए हेर्नुस नाम सहित ।
म्हेन्दोमाया : गायक
१) सागर एस वाइवा– रातो रिबन १०६
२) रोम लामा– ढाकै चोली १०७
३) डिलबहादुर तामाङ– टिकेप खाली वैशाली १०८
४) आशिक ग्याम्बो तामाङ– व्युन दोर्जे १०९
५) एमबी गुरूङ– नाकामामा कुर्कुर ११०
म्हेन्दोमाया: गायिका
१) सिर्जना एस लोप्चन– रातो रिबन १११
२) मिना लामा– ढाकै चोली ११२
३) बिना घले– गोरी गोरी ११३
४) लक्ष्मी स्याङतान– माने ग्याङगी पाखरी ११४
५) टीकामाया छोर्तेन– तार्यावती ११५
म्हेन्दोमाया: मोडल (पुरूष)
१) एरिन तामाङ– रक्षा मेञ्चा ११६
२) राज किङ वाइवा– मुइलम बर्कि ११७
३) प्रनिल तामाङ– मखमलकी चोली वाला ११८
४) दिलकुमार तामाङ– गल्जी नाङला ११९
५) रेगन तामाङ– न्याङ तामाङ १२०
म्हेन्दोमाया : मोडल (महिला)
१) रुपा एस घले– रक्षा मेञ्चा १२१
२) पूर्णिमा लामा– ढाकै चोली १२२
३) शिल्पा तामाङ– टिकेप खाली वैशाली १२३
४) एन्जिला वाइबा– माने ग्याङगी पाखरी १२४
५) माया दोङ– थान्सिङ दोङबारी १२५