दोहा : प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाईने विश्वकर्मा पुजा पर्व, विश्वकर्माको पूजा आराधना सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्दै कतारका नेपाली समुदायले पनि मनाएका छ्न ।
गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार र बिस्वकर्मा सेवा समाज कतारको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा पुजारी पंकज बि.कले विधिपूर्वक भगवान बिस्वकर्माको पुजा गरेका थिए भने उपस्थित जनले टीका तथा प्रसाद ग्रहण गरेका थिए । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाइन्छ ।
आजका दिनसम्म कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
संघका अध्यक्ष रमेश भट्टको सभापतित्वमा, नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुबेदिको प्रमुख आथित्यमा र दोहामा स्थापित विभिन्न संघ संस्थाका प्रमुख विश्वकर्मा समाजका निर्वतमान अध्यक्ष प्रेम कुमार बिस्वकर्मा,एनआरएनए आइसिसि सह- कोषाध्यक्ष होमनाथ सर्मा, आइसिसि सदस्य श्री कृष्ण भट्टराई,प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रियका उपसचिव चानख पोख्रेल, नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, पुर्व आइसिसि सदस्य हंसराज ढकाल,किरण परियार, मायाँ केसी, राज देवकोटा लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि सुबेदीले आफ्नो मन्तव्य राख्दै सार्बजनिक पदको जिम्मेवार लिएपछि पहिलोचोटि बिश्वकर्मा पुजामा उपस्थिति जनाउन पाँउदा खुशी प्रकट गर्दै आयोजक संस्थालाई धन्यवाद प्रकट गरे । सुबेदीले भगवान विश्वकर्माको महत्वको बारेमा बताउदै जहाँको श्रमबाट देश बाचेको छ, देशलाई टाट पल्टिन बाट जोगाउन, बचाउने मेसिन हरु सबै भगवान बिश्वकर्माको देन रहेको भन्दै विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिने बताउदै, आगामी दिनमा भब्य उपस्थितिमा विश्वकर्मा पूजा कार्यक्रम गर्न पाइयोस भन्दै शुभकामना शब्दहरु व्यक्त गरे ।
संघका सचिव सन्तोष क्षेत्रीले सहजीकरण गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति भट्टले विश्वकर्मा पूजामा बाक्लो उपस्थिति भन्दापनि कार्यक्रमको उदेश्य अनुरुप गरिएको भन्दै ड्युटिको समयमा पनि उपस्तिथि जनाउने सम्पुर्ण प्रती आभार प्रकट गर्दै समापन गरेका थिए l
विश्वकर्मा समाज कतारका अध्यक्ष सेवक विश्वकर्माले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्य बारेमा बताए भने अजय बि.कले पुजा व्याबस्थापन गरेका थिए ।
विश्वकर्मा भगवान को हुन् ?
भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।
विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे ।
भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ ।
उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् ।।
भाद्रपद महिनाको शुक्ल प्रतिपदा कन्याको संक्रान्ति (१७ सेप्टेम्बर), १ असोज आज, कार्तिक शुक्ला प्रतिपदा (गोवर्धन पूजा), भाद्रपद पञ्चमी (अङ्गिरा जयन्ति) दिवस आदि विश्वकर्मा-पूजा महोत्सव पर्व हो। यी पर्वहरूमा भगवान विश्वकर्माको पुजा-अर्चना गरिन्छ।