दाङ,घोराही - अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दाङ शाखाले एक कार्यक्रमको आयोजना गरि तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
तीज विशेष कार्यक्रम संयोजक जय कुमारी रानाको सभा अध्यक्षतामा शुरु भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यलय दाङका निमित्त प्रमुख साबित्रा पुनको प्रमुख आतिथ्यता रहेको थियो।त्यसैगरी बिशिष्ट अतिथिमा संस्थाका केन्द्रिय अध्यक्ष डिलाराम ओली रहेका थिए भने अन्य उपस्थितिहरूमा केन्द्रिय सल्लाहकार कैलाश रोका, दाङ शाखा प्रमुख सल्लाहकार शक्ति राम डाँगी,दाङ शाखाका सल्लाहकार जीवन घर्ती,धन बहादुर रोका,टेक बहादुर वली, दाङ शाखा अध्यक्ष ओम प्रकाश खड्का, बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा प्रमुखहरु,बिभिन्न महिला समाजका अगुवाहरु,समाजसेवी ,बुद्धिजीवी लगायत दाङका विभिन्न क्षेत्रबाट महिला दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
संस्थाकी प्रबक्ता दिल कुमारी घर्तीले स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रमको औचित्यका बारेमा दाङ शाखा अध्यक्ष ओम प्रकाश खड्काले प्रस्ट्याएका थिए।
कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नेहरूमा संस्थाका केन्द्रिय अध्यक्ष डिलाराम ओली,दाङ शाखाका प्रमुख सल्लाहकार शक्ति राम डाँगी लगायत रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि साबित्रा पुनले चाडबाड एक अर्काप्रतिको आत्मीयता र सौहार्दपूर्ण उजागर गर्नु र यसको औचित्य र महत्व फरक भएकोले देखासिकी र भड्किलो बनाउन नहुने सुझाव दिएकी थिइन।त्यसैगरी पछिल्लो समय मिटर ब्याजले मुलुक आक्रान्त बन्दै गर्दा धेरै जसो महिला दिदिबहिनीहरु मिटर ब्याजको सिकार बन्न बाध्य भएको बताएकी थिइन।आफू कानुनको पालक भएकोले हस्ताक्षर औँठाछाप लगाइसकेपछि मैले थाहा पाइन मलाई फसाइयो भनेर उन्मुक्ति पाउन नमिल्ने बताउदै यस्ता कुरामा पुर्व सजगता अपनाउनुका साथै बिस्तृत कुरा नबुझी हस्ताक्षर नगर्न समेत सुझाव दिएकी थिइन।
कार्यक्रममा विभिन्न कलाकारहरूका प्रस्तुति राखिएको थियो। तीज विशेष कार्यक्रम सफल बनाउन प्रायोजन, आर्थिक सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुलाई समेत प्रमाणपत्र तथा खादा लगाएर सम्मान समेत गरिएको थियो।
अन्त्यमा सभा अध्यक्ष जय कुमारी रानाले ब्यस्त समयका बाबजुद पनि उपस्थित भएर तीज विशेष कार्यक्रमलाई पुर्ण सफल बनाईदिनुभएकोमा सम्पुर्ण लाई धन्यबाद दिदै कार्यक्रम समापन गरेकी थिइन ।कार्यक्रमको सहजीकरण संस्थाका महासचिव घनश्याम गिरीले गरेका थिए।