खेम सुवेदी - दोहा, कतार : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको दशौ अधिवेशनबाट अध्यक्षमा निर्बिरोध लेख कार्की चयन भएका छन।
लामो समयदेखि दोहा कतारलाई कर्मथलो बनाउदै नेपाली साहित्यमा साधना गर्दै आएका साहित्यकार लेख कार्कीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्बिरोध चयन भएको छ । जसअनुसार अध्यक्ष - लेख कार्की, प्रथम उपाध्यक्ष - यादव रेग्मी,द्वितीय उपाध्यक्ष - दीप मिलन, महासचिव - दिलिप पराजुली, सचिव - खेमराज सुवेदी, कोषाध्यक्ष - चक्र कार्की र सह कोषाध्यक्ष - बिन्दा लामा चयन भएका छन।
त्यसैगरी निर्बिरोध निर्वाचित कार्यसमिति सदस्यहरूमा लीलानाथ घिमिरे, सानु थपलिया,सोम थापा,शोभाराम ओली,शिव सुवेदी र गोबिन्द उदासी रहेका छन।
नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बकस मियाँको प्रमुख आतिथ्यतामा प्लाजा मलको लालीगुराँस रेष्टुरेन्टको सभाहलमा भएको कार्यक्रमको सभापति मणि पौडेल रहेका थिए ।
उक्त अधिवेशनमा कतारमा नेपाली गजलको कार्यपत्र २०२३ साहित्यकार प्रेम प्रसाद भट्टराईले कतारमा गजलको सुरुवात देखि ऐले सम्मका गतिविधिका साथमा कतारमा सुरुदेखी ऐले सम्मका सम्पुर्ण गजलकारहरूलाई समेटेर सबैका एक एक सेर गजलका साथमा फोटो सहितको भिडियो प्रस्तुत गरेका थिए ।
अनेसास- नवोदित साहित्यिक वाचन डबली १३८औं श्रृङखला अन्तर्गत कतारमा रहेका ५ गजलकारहरूको "विशेष गजल वाचन" कार्यक्रम पनि रहेको थियो
सामूहिक गजल वाचनमा -
सुदामा कृष्ण सुवेदी - गोविन्द उदासी - खिम पुन - बिनोद बाबू अधिकारी र शिव सुवेदीले आफ्ना उत्कृष्ट गजल वाचन गरेर कार्यक्रममा उपस्तिथित सबैलाई गजलमय बनाएका थिए ।
उक्त अधिवेशनमा अनेसास कतार च्याप्टरले एन आर एन ए कतार, नवोदित साहित्यिक वाचनालय कतार, सन्ध्याग्रुप अलखोर कतार, लगायत कतारमा रहेका अन्य संस्थाहरूलाई सम्मान पनि गरेको थियो ।
सोही अधिवेशनमा निर्वाचन संयोजक करिम बक्स मिया सदस्य सन्ध्याग्रुप अलखोरका का. बा. अध्यक्ष सन्तोष के.सि. र नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष नारायण भन्डारी रहेका थिए निर्वाचित नयाँ कार्यसमितिलाई अधिबेशन संयोजक करिम बक्स मियाले सपथ ग्रहण गराएका थिए ।कार्यक्रमको सहजीकरण दिप मिलन र स्वागत मन्तव्य लेख कार्कीले गरेका थिए ।