रोल्पा, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले रोल्पाको गंगादेव गाउँपालिका वडा नं १ ओतमा दुई पिडित परिवारलाई प्रत्यक्ष भेटि आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
अन्तराष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाका अध्यक्ष महेन्द्र घर्तीको संयोजकत्व तथा अन्तराष्ट्रिय रोल्पाली सेवा समाजकी सदस्य देबिका घर्ती मगरको सह-संयोजकत्वमा ब्रेन ट्युमर भएका किरण घर्ती बाचाउ अभियानमा आफन्ती सम्पूर्ण शुभचिन्तक देश तथा बिदेशमा हुने रोल्पाली तथा गैर रोल्पाली सबैको सहयोगमा ४२९११० सङ्कलन गरिएको थियो।उक्त रकम अन्तराष्ट्रिय रोल्पाली सेवा समाजको आयोजनामा गत भाद्र २५ गते सोमबार गंगादेव गाँउपालिका १ ओतमा केन्द्रिय अध्यक्ष डिलारामको प्रत्यक्ष उपस्थितिमा हस्तान्तरण गरिएको छ।
त्यसैगरी अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीका सकृय सदस्य स्वर्गीय जीत बहादुर पुन मगरको परिवारको दैनिकीमा सहज र नानी बाबुको पढाईमा राहत पुग्ने विश्वास सहित पिडित परिवारलाई रु. १०००००/- (एक लाख) आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
स्वर्गीय पुनको परिवारलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा साउदी मार्फत सहयोग गरिएको हो भने ब्रेन ट्युमर पिडित किरण घर्ति मगरलाई स्वदेश तथा विदेशमा रहनु भएका मनकारी दाजुभाई तथा दिदीबहिनीहरुले एक महिने किरण बचाउ अभियान मार्फत आर्थिक संकलन गरी सहयोग गरिएको हो ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम गंगादेव गाउपालिका अध्यक्ष हरि बहादुर पुन मगरको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रममा वडा अध्यक्ष अमृत कुमार वली, स्थानीय जन प्रतिनिधि, क्रियाशिल सबै राजनैतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, कर्मचारी, पत्रकार, सामाजिक अगुवा र स्थानीय बासिन्दाको उपस्थितिमा गंगादेव ०१ ओतमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वली र कोषाध्यक्ष निशान वलीको प्रत्यक्ष उपस्थितिमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।
विशेषगरी यस मानविय धार्मिक कार्यमा अग्रनी भुमिका खेल्नु हुने दिपेश डाँगी, डम्बर बहादुर विश्वकर्मा, विष्णु वली, कुल बहादुर घर्तिमगर, फलिता रोका मगर, आशा पुनमगर, रमेश घर्तिमगर, विरेन्द्र घर्तिमगर, दिपेश पुनमगर, चित्र पुनमगर, टोप बहादुर घर्तिमगर, दिपक रानामगर लगायत सम्पूर्ण मनकारी दाजुभाई तथा दिदीबहिनीहरुलाई संस्थाले धन्यबाद ब्यक्त गरेको छ।
यसैक्रममा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा साउदीका सम्पूर्ण पदाधिकारी, ब्यस्त समय, प्रतिकुल मौसम, भौगोलिक विकटता बाबजुद पनि आर्थिक हस्तान्तरण कार्यक्रमलाई विभिन्न तवरले साथ सहयोग र ब्यबस्थापन गर्नुहुने केन्द्रिय अध्यक्ष डिलाराम वली,निशान वली, कार्यक्रम व्यवस्थापन तथा सहजीकरण गर्नु हुने अमृत बहादुर घर्तिमगर, देविका घर्तिमगर, स्थानीय सरकार तथा १ नं. वडा पालिका तथा समाजका सदस्यहरु सबैलाई संस्थाले धन्यबाद ब्यक्त गरेको छ।
कार्यक्रम सहजीकरण त्यहाँका शिक्षक बुद्धिजीवी समाज सेवी अमृत घर्ती मगरले गरेका थिए।