मुग्लानी खबर जेठ २०
कमल योन्जन तामाङ
श्री म्युजिक प्रा.लि.को ब्यानरमा निर्मित पहिलो तामाङ टेलिचलचित्र धर्ज्युको २५ औं भाग पुगेको उपलक्ष्यमा चियापान, भेटघाट तथा धर्ज्यु टेलिचलचित्र प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
कानुनी न्याय तथा संसदीय मामिला मन्त्री माननीय श्री शेर बहादुर तामाङ ज्यु को प्रमुख अतिथ्यामा अोम तामाङ सुख दु:ख सेवा गुठी बाैद्व,टुसाल बुद्वमार्ग काठमाडौमा कार्यक्रम भएको थियो ।
श्री म्यूज़िक प्री.लि.का अध्यक्ष दावा दोर्जे लामा ज्यूको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा श्री म्युजिकको अफिसियल वेबसाईट www.shreemusic.com.np को पनि प्रमुख अथितीज्युले उद्घाटन गरे लगतै विविन्न व्यबसायी, समाजसेवी, चलचित्रकर्मी, सन्चारकर्मी, प्रवासी सस्था नेपाल प्रवासी तामाङ समज कतारले समेत धर्ज्यू सफलताको लागि शुभकामना दिनु भएको थियो ।
२५ औ भाग सम्म सफल पूर्वक आइपुग्नको लागी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक,नैतिक,रुपमा सहयोग गर्नु हुने सहयोगीदाता, मिडिया पार्टनर र धर्ज्यु टेलिफिल्मका कलाकारहरु लाई समेत मायाको चिनो र प्रमाणपत्र प्रमुख अतिथिको हात बाट प्रदान गरिएको थियो ।
प्रमुख अतिथिलाई तामाङ टोपी लगाई कार्यक्रमको सुचारु गरिएको उक्त कार्यक्रम मा धर्ज्युका निर्देशक स्वयमले सन्चालन गरेका थिए ।
कमल योन्जन तामाङले निर्देशन गरेका पहिलो तामाङ टेलिचलचित्र धर्ज्यु INDIGENOUS TV बाट हरेक बिहीबार ८:३० देखि ९:०० बजे सम्म प्रसारण भैइरहेको छ भने यसको निर्माता अमर लामा बोम्जन रहेको छ ।