काठमाण्डौ, बौद्ध महानगरीय बृत्त बौद्धका प्रमुख डिएसपी राजु पाण्डे र ट्राफिक प्रहरी इन्चार्ज लेखनाथ मैनालीलाई गोकर्णेश्वर, वडा नं ५ को सभा हलमा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ६ को संयुक्त आयोजनामा गोकर्णेश्वर नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीको सभा अध्यक्षतामा शुरु भएको कार्यक्रममा बिशिष्ट अतिथी प्रहरी बृत्त बौद्ध प्रमुख राजु पाण्डे रहेका थिए भने विशेष अतिथिहरूमा सामुदायिक सेवा केन्द्र जोरपाटी तथा गोनपा वडा नं ६ का वडा अध्यक्ष नवराज लामा,ट्राफिक प्रहरी बृत्त बौद्धका प्रमुख लेखनाथ मैनाली,पुर्व प्र नि रमेश सुवेदी रहेका थिए।त्यसैगरी कार्यक्रममा उपस्थित हुनेहरुमा वडा सदस्यहरु,धर्म थिङ लामा,श्री योगी,कमला नेपाली,बच्चुराम शर्मा कुइँकेल,बसन्ती नगरकोटी,मञ्जु पुडासैनी,प्रेम बहादुर खड्का,सामुदायिक सेवा केन्द्र जोरपाटीका बरिस्ठ उपाध्यक्ष बिजय लामा,उपाध्यक्ष राम चन्द्र खड्का,नेपाल अपांग संघका अध्यक्ष साम्देन लामा,वडा नं ५ का वडा सचिव झलक भट्टराई,प्रहरी चौकी जोरपाटीका इन्चार्ज प्रसनी राजदेव प्रसाद यादव,वडा नं ५ स्वास्थ्य शाखा प्रमुख सरला राई लगायत स्वयंसेविका हरु,विभिन्न राजनीतिक दलका प्रमुखहरु,नेपाल प्रहरी,समाजसेवी पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा भर्खरै मात्र सरुवा भएर आएका बौद्ध महानगरिय बृत बौद्धका प्रमुख राजु पाण्डे र ट्राफिक प्रहरी प्रमुख लेखनाथ मैनालीलाई भब्य स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको हो।
प्रहरी नायब निरीक्षक पिताम्बर पराजुलीद्वारा संचालित कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामाले स्वागत मन्तब्य मार्फत सबैलाई स्वागत गरेका थिए।त्यसैगरी बौद्ध महानगरीय बृत्त बौद्धका प्रमुख राजु पाण्डेले म जागिर खाएर पेन्सन हुन मात्र न आएकोले म पनि यहिको एक नागरिक हु, जनताको शान्ती सुरक्षा र अमनचैनका लागि कुनै राजनितिक दलको पद पाओर र पहुँचको कुनै दबाब र प्रभावमा नपरी काम गर्ने बताएका थिए।
यसैगरी कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष नारायण बहादुर सुवेदीले प्रमुखको रुपमा राजु पाण्डे आएपछि यहाँको शान्ती सु ब्यबस्था र नागरिकका हरेक समस्या र समाधानमा सकारात्मक भुमिका निर्बाह गर्ने बिश्वस्त रहेको बताउदै जनप्रतिनिधि र स्थानीयको तर्फबाट पुर्याउनुपर्ने सहयोग गर्ने वचन प्रतिबद्धता जनाउदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए