दोहा :नेपाली महिलाको प्रमुख पर्व ‘हरितालिका तीज’ कतारमा मनाइएको छ ।
दाङ्ग देउखुरी सेवा समाज कतारको आयोजनामा, शुभकामना -आदानप्रदान तथा मादलको तालमा मौलिक तीज-गीतका भाकामा,साथै चर्चित तीज-गीतहरु बजाएर रातो साडी, चुरा पोतेमा सजिएका सयौं नेपाली महिलाहरुले धोको फुकाएर, कम्मर मर्काएर नाच्दै रमाईलो गरे ।
हरितालिका भनिने तीज नेपाली नारीहरूबीच निकै लोकप्रिय र उल्लासमय पर्वका रूपमा लिइन्छ । यो दिन पारिवारिक सुखसमृद्धिको कामनाका साथ महिला भक्तालुहरू निराहार व्रत बस्दछन् । हिमालयपुत्री पार्वतीले यो व्रत धारण गरी भगवान शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथा पाइन्छ ।
संस्थाका अध्यक्ष रण बहादुर केसिको सभापतित्वमा, लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष बुद्ध पान्डेको प्रमुख आथित्यमा सन्चालन गरिएको कार्यक्रम आन्तरिक रहेतापनि लुम्बिनी प्रदेश भित्रका जिल्ला संस्था लाई समेट्दै विभिन्न सामाजिक, तथा व्याबसाहिक व्याक्तित्व, कतारका कार्यरत थुप्रै महिला दिदीबहिनीको उपस्थितिमा कार्यक्रम संचालन गरिएको थियो । स्वागत नृत्य संस्थाकि कार्यसमिति सदस्य साजन स्वर्ण कारले पस्केकी थिइन ।
दुई चरणमा सम्पन्न भएको उक्त कार्यक्रम दिप प्रज्वलन तथा राष्ट्रिय गान बाट शुरु भएको हो भने स्वागत मन्तब्य उपाध्यक्ष केसव बुढा मगरले राखेका थिए ।औपचारिक कार्यक्रम महासचिव चिन्ता मणि भुसाल र साङ्गितिक कार्यक्रमको सहजीकरण सचिव सुरज साहीले गरेका थिए ।कार्यक्रमको संयोजक महिला उपाध्यक्ष उषा परियारले गरेकि थिइन ।
सभापति रण बहादुर केसिले उपस्थित सम्पुर्णलाई नारी हरुको महान पर्व तीजको शुभकामना ब्यक्त गर्दै प्रत्यक्ष अप्रत्यक्ष सहयोगी सम्पुर्णलाई धन्यबाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिए।
"दाङ देउखुरीको चाहाना, प्रवासमा सभ्य र सुरक्षित रोजगारको कामना' भन्ने नारालाई आत्मासाथ गर्दै सन २०१२ मा स्थापित संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।