दोहा : राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल (कतार शाखा) ले वार्षिक साधारण सभा सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
प्रत्यक्ष लाईभ दोहोरी, नौमती पन्चे बाजा, स्थानिय कलाकार हरुको विशेष तीज साँस्कृतिक प्रस्तुति सहित विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु सप्पन्न गरिएको हो ।
संस्थाका अध्यक्ष शिवराम ढकालको सभापतित्वमा संचालन गरिएको कार्यक्रको प्रमुख अतिथि एनआरएनए आइसिसि सचिव प्रबिण गुरुङ रहेका थिए । कार्यक्रममा एनआरएनए कतार प्रथम उपाध्यक्ष कृष्ण पन्थी,समाजका संरक्षक प्रभात त्रिपाठी,संस्थापक अध्यक्ष कृष्ण बराल लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाबाट आथित्यता रहेको थियो ।
शुभकामना मन्तव्यको क्रममा प्रतिष्ठान कतारले लोक संस्कृती लाई व्यबस्थित एवं मर्यादित बनाउदै नेपाली समाजको कुना कन्दरामा रहेको लोक परम्पराको मौलिक पनलाई जोगाउन तथा दु:ख, पीडा, हर्ष र आशुको अभिव्यक्तिको सशक्त माध्यम बनेको लोक तथा दोहोरी गीतको मर्मलाई जीवित राख्न पनि यस्ता मौलिकतामा आधारित कार्यक्रमले सहयोग पुग्ने आशा व्यक्त गरे ।
प्रमुख अतिथि गुरुङले प्रतिष्ठान कतारले एकैथलोमा महिला दिदिबहिनी हरुको महान चाड "तीज " नौमती पन्चे बाजा,प्रत्यक्ष लाईभ दोहोरी सहितका कार्यक्रममा आफूलाई प्रमुख अतिथिको रुपमा निम्ताएकोमा धन्यवाद व्यक्त गर्दै नेपाली कला, सस्कृती र सङ्गितको उत्थान,तथा जगेर्ना गर्नको लागि प्रतिष्ठान कतार सधैव सफल रहोस भनी कामना गरे ।
एनसीसी कतारको नव निर्वाचित कार्यसमिति लाई बधाई सहित सम्मान पत्र प्रदान गरिएको थियो । कलाकार सहित कार्यक्रम सफल तुल्याउन महत्त्वपूर्ण भुमिका खेल्नेलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमलाई थप रौनकक्ता बनाउनको लागि कलाकार हरु शान्ती ओलि, रेस्मी बिस्वकर्मा, गुना मगर, पुकार परियार,सपना तामाङ, रितु काली थापा,देव बहादुर विश्वकर्मा, कृष्ण बहादुर परियार लगायतले कुनै कसुर बाकी राखेनन ।
संस्थाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण ढकालको स्वागत मन्तव्य, सुनिल परियार, भानु शर्माले साँस्कृतिक र औपचारिक कार्यक्रम रेस्मी सेन्चुरीले कुशल सहजीकरण गरेको कार्यक्रममा बोल्दै सभापति शिवराम ढकालले प्रतिष्ठान कतारलाई अझै सकृय रुपमा अघिबढाउन कटिबद्ध भएर लागि पर्ने बिश्वास व्यक्त गरे ।
बर्षभरी प्रतिष्ठानले गरेका क्रियाकलाप र आर्थिक प्रतिबेदन समय अभावले प्रस्तुत गर्न नपाएको भन्दै ढकालले कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न खट्ने सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।
हाम्रो अभियान,लोक सस्कृतिको संरक्षण, श्रस्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन " भन्ने नाराका साथ १० नोभेम्बर सन : २०१७ का दिनमा शाखाको रुपमा कतारमा स्थापनागरिएको हो !