दोहा -कतार नेपाली एकता समाज अन्तर्गत रहेको "रक्तिम सांस्कृतिक अभियान कतारको" चौथो भेला सम्पन्न भएको छ ।
"बुर्जुवा संस्कृतीको बिरोध गरौं ,प्रगतिशिल संस्कृतीको बिकास गरौं भन्ने मुल नाराका साथ कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम सांस्कृतिक अभियान कतारको चौथो भेला ०८ /०९/२०२३ का दिन वक्राको एक होटलमा सम्पन्न भएको हो ।
उक्त भेलाले अध्यक्ष बिमल भुसालको नेतृत्वमा ९ जना पुर्ण सदस्य र ३ जना सल्लाहकार गरि १२ जनाको कार्यसमिती चयन गरेको छ।
कार्यसमितीको अध्यक्षमा बिमल भुसाल,उपाध्यक्ष - दिल बहादुर बि.क सचीव - हिरा शर्मा , कोषाध्यक्ष - कुमारी काउछा,सदस्यहरु : श्रवण मल्ल, शान्ता राना, सरस्वती राना, इन्त्र बहादुर खड्का (श्याम खड्का ) र एकजना रिक्त गरि ९ जनाको नयाँ कार्यसमिती र सल्लाहकार , बल्देव राना, हुमाकान्त आचार्य,गिरि काउछा गरि १२ जना रहेका छ्न ।
कतार नेपाली एकता समाजका अध्यक्ष राम प्रसाद पराजुलीको प्रमुख आथित्यमा,बल्देव रानाको अध्यक्षतामा गिरि काउछाको सन्चालन र हुमाकान्त आचार्यले स्वगत मन्तब्य बाट कार्यक्रम अगाडि बढेको थियो कार्यक्रममा एकता समाजका विभिन्न बिभाग एरिया इकाई तथा आस्थावान हरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि पराजुलीले सम्बोधन गर्दै नेपाली श्रमिक हरुको सङ्गठन एकता समाज रहेको हुँदा कतारमा रहेका सबैले समाजको साधारण सदस्य लिएर काम गर्न सकिने धारण राख्नु व्यक्त गर्नुभयो ।
आफ्नो सङ्गठनले प्रवासमा रहेका श्रमिक नेपालीहरुको हक अधिकारको निम्ति अग्रपंक्तिमा रहेर काम गर्न पाँउदा खुशी व्यक्त गर्दै कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने र उपस्थिति सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।
पुर्व अध्यक्ष बल्देब राना लगायत दिनरात खटेर कार्यकाल सफल बनाउने सम्पुर्ण कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष बल्देव राना भेलालाई समापन गर्नु भएको थियो ।