दोहा :नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारकाे तेस्रो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ ।
अध्यक्ष इन्द्र तामाङको सभापतित्वमा, घेदुङ संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यतामा १ सेप्टेम्बरका दिन अलअलातिया स्थित फुलबारी रेष्टुरेन्टकाे सभाहलमा भब्य रुपमा सम्पन्न गरिएको हो
अधिवेशनबाट विकास स्याङ्तान तामाङ अध्यक्षतामा निर्विरोध निर्वाचित भएका छ्न ।अन्य कार्यसमिति हरुमा सहअध्यक्ष वाङ्ज्यु लामा, वरिष्ठ उपाध्यक्ष कुमारी बेली गोले तामाङ, उपाध्यक्षहरू क्रमशः सनक बमजन तामाङ, फुर्वा तामाङ र हिरे तामाङ, महिला उपाध्यक्ष बिन्दा कुमारी तामाङ, महासचिव भिमराज स्याङबा, उपमहासचिव कमला दोङ् तामाङ, सचिवद्वय विनय लामा र पूर्णमान तामाङ, कोषाध्यक्ष टीकाराम तामाङ र सहकोषाध्यक्ष रवीन्द्र स्याङ्बो रहेका छन् ।
त्यस्तै पदेन सदस्यहरुमा सुर्जे बहादुर तामाङ, राम पाख्रीन, रुद्रप्रसाद तामाङ, सिंग बहादुर (सिजन) तामाङ र सुमि घिसिङ तामाङ रहेका छन् । कार्यसमिति सदस्यहरुमा शर्मिला तामाङ, काले गोले (राजु) तामाङ, श्रीराम मोक्तान तामाङ, वीर बहादुर तामाङ, आईती (सम्झना) तामाङ, आलिक बम्जन तामाङ, वुद्वि बहादुर तामाङ, शुक्र तामाङ, पिपलाल तामाङ, शंकराम तामाङ, लाले गोले तामाङ, मृर्गालाल तामाङ र झन लक्ष्मी तामाङ रहेका छन् । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक एक्का प्रसाद तामाङ (योगेन्द्र)ले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
संघीय कोषाध्यक्ष रूपबहादुर योञ्जनको विशेष आतिथ्यता रहेको अधिवेशनमा कतारमा स्थापित विभिन्न वैचारिक, सामुदायिक, साहित्यिक, प्रदेश र जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राख्दै तामाङ समुदायभित्र एकताको आवश्यकता रहेको औंल्याए । वक्ताहरूले आदिवासी जनजातिभित्र एकता पहिलो अपरिहार्यता रहेको बताए ।
नेपाल तामाङ घेदुङद्वारा संचालन गरेको “ग्रेन गे धिम खरिद” अर्थात नेपाल तामाङ घेदुङको भवन निर्माण गर्न अभियान अन्तर्गत सहकार्य गर्दै कतार घेदुङको कार्यसमिति महिला उपाध्यक्ष सबिता गोलेको संयोजकत्वमा अभियान संचालन गरी कतारमा कार्यरत घेदुङका आजीवन सदस्य तथा अन्य दाजुभाई तथा दिदीबहिनीहरु बाट संकलित रकम बिभिन्न चरणमा गरी जम्मा रु, ११ लाख रुपैंयाँ चेक उक्त कार्यक्रमको बीच संघीय अध्यक्ष मोहन गोले लाई सहयोग हस्तान्तरण गरिएको थियो ।
प्रमुख अतिथि गोलेले सम्बोधन गर्दै १. ग्रेन गे धिम २. तामाङ भाषा संस्कार संस्कृति र तामाङसालिङ संघर्ष समिति गठन बारेमा आफ्नो धारणा राखेका थिए । यसै क्रममा कतार घेदुङले गरेका कार्यहरुको खुलेर प्रसंसा समेत गरे । कतारमा रहेका तामाङ समुदायका केहि असन्तुष्टि साथीहरु लाई समेत समायोजना गरेर लानुपर्ने, वार्तामा बोलाउदा समेत नआउने गरेको र वार्ता बाटै समस्या सुल्झाउनु पर्ने र मिल्नु एकजुट हुनुको बिकल्प नरहेको बताउदै “नाच, गान गर्नमा तामाङले जिती सके राजनीतिमा मात्रै हारेका हुन अब राजनीतिक क्रान्ति गर्नु पर्नेमा जोड दिए ।
अघिवेशनमार्फत एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, घेदुङ प्रवास कार्यसमिति कतारका प्रमुख सल्लाहकार एक्का प्रसाद तामाङ (योगेन्द्र) संरक्षक विनेश तामाङसहित कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथि योञ्जनलाई सम्मान गरिएको थियो ।
महासचिव विकास लामाले सहजीकरण गरेको खुला सत्रको समापन गर्दै सभापति तामाङले कतारमा विभाजित तामाङहरूको एकताका लागि आफ्नो नेतृत्वको कार्यसमितिले केही प्रयास गरेपनि सार्थकता नपाएकोप्रति दु:ख व्यक्त गरे । उनले अर्को पक्षबाट सकारात्मक वातावरण बनेमा नयाँ बनेको कार्यसमितिले एकता गर्न र त्यसका लागि आफूले हदैसम्मको सहयोग गर्न तयार रहेको बताए ।
वरिष्ठ उपाध्यक्ष वाङ्जु लामाले स्वागत गरेको अधिवेशनमा सङसेर्केम ताम्बा गीतद्वारा स्वागत गरिएको थियो । कार्यक्रम अवधिभर कलाकारहरूले सेलो जुहारीलगायतका विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए ।