मुग्लानी खबर १८ जेठ
विजय अधिकारी झापा
झापा जिल्ला कमल गाउँपालिका वडा नं. ३, केर्खामा २०५१ सालमा स्थापित भएर शिक्षा, विज्ञान, वातावरण, कला, संस्कृति अादि विविध क्षेत्रमा क्रियाशील रहँदैअाएकाे मेची युनेस्काे क्लबले कमल गाउँपालिका वडा नं. २ काे वडा कार्यालयकाे सहयाेगमा अाज जेठ १८ गते शुक्रबारदेखि श्री महेन्द्र रत्न मा.वि., समयगढ र श्री कमला मदनअाश्रित स्मृति मा.वि., क्याम्पाका सभाकक्षहरूमा छुट्टाछुट्टै तीन अाेटा विषयमा तालिम कार्यक्रमहरू सञ्चालन सुरु गरेकाे छ ।
कमल गाउँपालिका वडा नं. २ भित्र रहेका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी गराएर सञ्चालन गरिएका उक्त तालिम कार्यक्रमहरूमा श्री महेन्द्र रत्न मा.वि., श्री कमला मदनअाश्रित स्मृति मा.वि., श्री ज्याेति मा.वि., श्री नवाेदय माध्यमिक विद्या मन्दिर र श्री पाथिभरा अङ्गेजी मा.वि. गरी जम्मा ५ अाेटा विद्यालयबाट जम्मा ९९ जना विद्यार्थीहरू सहभागी भएका छन् ।
श्री कमला मदनअाश्रित स्मृति मा.वि., क्याम्पामा प्रशिक्षक श्री गिरिराज भट्टराईले २७ जना सहभागी विद्यार्थीहरूलाई भित्ते पत्रिका लेखन सम्बन्धी तालिम र प्रशिक्षक श्री बद्री कार्कीले ३२ जना सहभागी विद्यार्थीहरूलाई नेतृत्व क्षमता अभिवृद्धि तालिम दिइरहनु भएकाे छ ।
त्यसै गरी श्री महेन्द्र रत्न मा.वि., समयगढस्थित कमल स्राेतकेन्द्र भवनमा प्रशिक्षक श्री विष्णु निराैलाले ४० जना सहभागी विद्यार्थीहरूलाई उद्घाेषण तालिम दिँदै हुनुहुन्छ ।
उल्लिखित प्रशिक्षकहरूमा श्री गिरिराज भट्टराई सप्तरङ्गी एफ.एम., दमकका प्रबन्ध निर्देशक हुनुहुन्छ भने श्री बद्री कार्की नेपाल शिक्षक महासङ्घ, झापाका उपाध्यक्ष तथा श्री महेन्द्र रत्न मा.वि., समयगढका सहायक प्रधानाध्यापक हुनुहुन्छ ।
त्यस्तै श्री विष्णु निराैला मेची युनेस्काे क्लबका काेषाध्यक्ष तथा श्री महेन्द्र रत्न मा.वि., समयगढका माध्यमिक तहका शिक्षक हुनुहुन्छ । अाज सुरु भएका उल्लिखित ३ अाेटा विधाका तालिम कार्यक्रमहरूमध्ये भित्ते पत्रिका र नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरू भाेलि शनिबार पूरा हुने र उद्घाेषण तालिमकाे समापन भने पर्सि अाइतबार हुने बुझिएकाे छ ।
अाज सञ्चालित तालिम कार्यक्रमहरूकाे पर्यवेक्षण मेची युनेस्काे क्लबका अध्यक्ष श्री मधुसुदन अधिकारी तथा संस्थापक सचिव एवं वर्तमान सल्लाहकार सदस्य श्री विजयकुमार अधिकारीबाट भयाे । अनुगमनकाे क्रममा अध्यक्ष मधुसुदन अधिकारीले तालिमकाे अाैचित्यमाथि प्रकाश पार्दै सहभागी विद्यार्थीहरूले अाफूले तालिममा सिकेका कुराहरू व्यवहारमा लागु गर्नेछन् भन्ने अपेक्षा एवम् विश्वास प्रकट गर्नुभयाे ।
विद्यार्थीहरूमा साहित्यिक चेतना, वक्तृत्व कला एवम् नेतृत्व सिप जस्ता गुणहरूकाे विकास गराई उनीहरूकाे प्रतिभा उजागर गराउनमा सहायक बन्ने यस्ता तालिम कार्यक्रमहरू समय समयमा सञ्चालन भइरहनु वाञ्छनीय देखिन्छ ।
विद्यार्थीहरूकाे निम्ति विविध विषयका उल्लिखित ३ अाेटा तालिम कार्यक्रम सञ्चालन गर्ने मेची युनस्काे क्लब र सहयाेगी वडा कार्यालय (वडा नं. २) काे यस महत्वपूर्ण कदमकाे हार्दिक स्वागत एवं सराहना गर्नु मनासिव देखिन्छ ।