दोहा, कतार - एनआरएन कतार एवं आईसीसीमा निर्वाचित गण्डकी प्रदेश बासिलाई गण्डकी प्रदेश समन्वय परिषदले शुभकामना व्यक्त गरेको छ ।
गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारको दशौ महादिवेशन बाट निर्वाचित एनसीसी कतारका पदाधिकारी, सदस्य एवं आइसिसी सदस्यलाई परिचयात्मक कार्यक्रम गरि शुभकामना व्यक्त गरेको हो ।
कार्यक्रममा एनसीसी कतारका नवनिर्वाचित अध्यक्ष रमेश भट्टले श्रमिकका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । सस्थालाई आर्थिक रुपमा पारदर्शी बनाउदै सबै संघसस्था संग समन्वय गरेर काम गर्ने बताउनुभयो । पर्यटनको प्रमुख गन्तव्य रहेको गण्डकी प्रदेश भित्रका पर्यटकिय क्षेत्रहरुलाई सबै मिलेर प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।
गण्डकी प्रदेश बाट आईसीसी सदस्यमा बिक्रम कार्की (म्याग्दी) र श्रीकृष्ण भट्टराई (गोर्खा) निर्वाचित हुनुभएको छ ।
यस्तै एनसीसी कतारको अध्यक्षमा रमेश भट्ट (बागलुङ ), सचिवमा सन्तोष क्षत्री (ओम), सुरज शर्मा अधिकारी (पर्वत) र रोशन अर्याल (स्याङ्जा), सचिवालय सदस्यमा सन्तोष पौडेल (बागलुङ) र रमेश केसी (तनहुँ ), कार्यसमिति कार्यसमिति सदस्य एवं गण्डकी प्रदेश संयोजकमा नन्दलाल विश्वकर्मा (अजय) (पर्वत),
कार्यसमिति सदस्य एवं सास्कृतिक संयोजक विवेक पुलामी मगर (गोर्खा), कार्यसमिति सदस्यमा तिलक बहादुर बस्नेत (गोर्खा) र सुनिल परियार (स्याङ्जा) निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा नवनिर्वाचित आईसीसी सदस्य श्रीकृष्ण भट्टराई र बिक्रम कार्की, गण्डकी प्रदेश समन्वय परिषदका संरक्षक आश बहादुर गुरुङ र हंसराज ढकाल क्षत्री तथा प्रमुख सल्लाहकार राकेश श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।
गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव कल्याण थापाले गर्नुभएको थियो ।