दोहा : राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल (कतार शाखा) ले वार्षिक साधारण सभा सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रममा प्रत्यक्ष लाईभ दोहोरी, नौमती पन्चे बाजा, साथमा स्थानिय कलाकार हरुको विशेष तीज साँस्कृतिक प्रस्तुति सहित अन्य प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिएको प्रतिष्ठान कतार शाखाका अध्यक्ष शिवराम ढकालले मुग्लानी खबरलाई जानकारी गराए ।
बहुजाती, बहुभाषी तथा विविध संस्कृतिको धनि मुलुक नेपालको राष्ट्रिय पहिचानलाई झल्काउने लोक संस्कृतिको धरोहरको रुपमा रहेको लोक तथा दोहोरी गीत लाई व्यबस्थित एवं मर्यादित बनाउदै नेपाली समाजको कुना कन्दरामा रहेको लोक परम्पराको मौलिक पनलाई जोगाउन तथा दु:ख, पीडा, हर्ष र आशुको अभिव्यक्तिको सशक्त माध्यम बनेको लोक तथा दोहोरी गीतको मर्मलाई जीवित राख्न पनि यो कार्यक्रमले सहयोग पुग्ने अध्यक्ष ढकाल बताउँछन ।
यहि आउदो ८ सेप्टेम्बर, शुक्रबारका दिन फुलवारी रेस्टुरेण्ट सनैयामा हुन लागेको कार्यक्रममा भब्य र सभ्य रुपमा सम्पन्न गराउन कतारमा स्थापित सम्पुर्ण सामाजिक संस्थाहरु , ब्यबसायी, बुद्धिजीवी , पत्रकार , कलाकार लगाएत सम्पुर्ण नेपाली जनहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको कार्यक्रम संयोजक कृष्ण ढकालले बताए ।
"हाम्रो अभियान,लोक सस्कृतिको संरक्षण, श्रस्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन " भन्ने नाराका साथ १० नोभेम्बर सन : २०१७ का दिनमा शाखाको रुपमा कतारमा स्थापना गरिएको हो !
थप जानकारीका लागि -
अध्यक्ष -शिवराम ढकाल-70618514
प्रथम उपाध्यक्ष -कृष्ण प्रसाद ढकाल- 70729924
महिला उपाध्यक्ष - मेनुका कतिवाडा (भण्डारी)-31423728
सचिव- कृष्ण दर्लामी- 77671949
महिला सचिव-रेस्मी बिश्वकर्मा-30929623
सह सचिव- बाबु कौशल-66679198
सह कोषाध्यक्ष - प्रकाश दर्नाल- 77820859