प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटी मातहतको प्रचार प्रसार विभागले आज मिति २०-अगष्ट-२०२३ का दिन आफ्नो तेस्रो विभागीय बैठको आयोजना छ। भर्चुअल माध्यम बाट आयोजना गरिएको बैठकको अध्यक्षता प्रचार विभागका प्रमुख चानक पोखरेल ले गरेका थिए भने प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, अन्तराष्ट्रिय कमिटीका अध्यक्ष संजय थापा विशेष अतिथि रहेका थिए भने प्रेस चौतारी नेपालका वर्तमान अध्यक्ष गणेश बस्नेत अतिथि रहेका थिए।
प्रचार विभागको तेस्रो बैठकमा बोल्दै प्रमुख अतिथि गौतमले नेकपा एमालको दशौँ महाधिवेशनले नेकपा एमाले को प्रचार प्रसारको काम नीतिगत रूपमा निर्दिस्ट गरेको बताए। प्रचार प्रसारको माध्यमबाट जनता माझ पार्टीका कार्यक्रमलाई आकर्षित तुल्याउन युवा पुस्तामाझ लोकप्रिय बनाउन सकिने कुरा समेत नेकपा एमाले स्थायी कमिती सदस्य कमरेड राजेन्द्र गौतमले बताए। स्वदेश तथा विदेशमा रहेका पार्टी कमिटीमा आवद्ध कमरेडहरूले सामाजिक संजालहरूको ज्यादा भन्दा ज्यादा सदुपयोग गरेर विभिन्न समुहहरू निर्माण गर्दै प्रचार प्रसारमा लाग्नु पर्दछ, यसरी प्रचार प्रसार मा जुट्दा अग्रिम रूपमा समाजको सर्वेक्षण गरेर कन्टेन्ट र इस्यु तयार गरेर आकर्षित बनाएर सामाजिक संजाल मार्फत अभियानको रुप दिदै पार्टीका विचार हरूलाई ब्रण्डिङ्ग गरेर समाजमा स्थापित तुल्याउनु पर्दछ भन्दै आफ्नो मन्तव्यको अन्त्यमा जसरी शरीरका निम्ति रक्तसंचार आवश्यक हुन्छ त्यस्तै पार्टीको निम्ति प्रचार प्रसार आवस्यक हुने बताए।
प्रचार विभागको तेस्रो बैठका विशेष अतिथि अन्त्राष्ट्रिय मंचका अध्यक्ष संजय थापाले प्रवासी नेपाली मंचले प्रवासमा धेरै राम्रा सामजिक कार्यक्रमहरू गरेको भए पनि प्रचार प्रसारको अभावको कारण ती कार्यहरू जनमानसमा पुग्न नसकेको बताए। मंचको प्रचार विभागले पार्टीको प्रचार प्रसारको निमित्त राम्रा राम्रा योजनाहरू बनाएर लाग्नु पर्ने त्यस्ता योजना हरूलाई कार्यन्वयनमा ल्याउनको निमित्त लाग्ने बजेटको चिन्ता नगर्न समेत बैठकमा बताए। प्रचार प्रसार लाई दुरुस्त बनाउनको निमित्त पार्टीको टेलिभिजन कार्यक्रम समेत निकट भविष्यमा संचालनमा ल्याउन लागेको कुरा आजको बैठकमा बताए।
प्रेस चौतारी नेपालका अध्यक्ष तथा आजको बैठकका अतिथि कमरेड गणेश बस्नेतले बैठकमा आफ्ना कुरा राख्दै "संचार क्षेत्रको तर्फ बाट हामीले पार्टीको निमित्त काम राम्रो गरेका छौं तर ब्रान्डीङ्ग गर्न असफल भएका छौँ" भने। "नेकपा एमाले को प्रवास संगठन प्रवासी नेपाली मंचले प्रवासमा रहेर पनि स्वदेशको निमित्त राम्रा राम्रा काम गरेको छ तर संचार क्षेत्रबाट समाजमा नाम भने NRNA को जान्छ जुन पार्टीको निमित्त अत्यन्तै नराम्रो हो "भने। आजको बैठकमा बोलाएर प्रवासमा रहेका संगठनका जुझारु कमरेडहरू संग जोडिने मौका प्रदान गरेकोमा विभाग प्रमुख कमरेड चानक पोखरेललाई धन्यवाद व्यक्त गर्दै बैठकका अतिथि गणेश बस्नेतले आफ्नो मन्तव्य समापन गरेका थिए।
प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका सचिव कमरेड हेम शेर्पाले आजको बैठकमा बोल्दै आजको युगमा प्रचार प्रसार विभागको पार्टीमा अत्यन्त महत्वपूर्ण भूमिका रहेको हुँदा विभाका कमरेड हरूले प्रचार प्रसार को विषय तयार गर्दा कन्टेन्टमा ध्यान दिन सुझाए। "सामग्री तयार गर्दा आकर्षित किसिमको बनाउनु पर्दछ, राम्रा कन्टेन्ट क्रिएटर को राय सल्लाह लिएर सामाग्री तयार गरी टिकटक तथा फेसबुक मार्फत प्रसारित गरेर अहिले आफ्नो पार्टीलाई समाजमा स्थापित गर्दै लोकप्रिय बनाउन तर्फ पार्टीका सबै सदस्य लाग्नु पर्दछ" भने।
प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटी, प्रचार विभागका अधिकांस विभागीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको आजको बैठकको अन्त्यमा विभागीय प्रमुख तथा अन्तराष्ट्रिय सचिव कमरेड चानक पोखरेलले अबका दिनमा विभागले विभागीय क्यालेण्डर बनाएर प्रचार प्रसारको निमित्त क्यालेण्डरको हिसाबले कार्यक्रम हरू तर्जुमा गर्दै अगाडि बढ्ने बताए। "विभागले अबका दिनमा साङ्गठनिक तथा सामाजिक सबै किसिमका कार्यक्रम हरू संचालन गर्दै नेकपा एमालेलाई अझै जनता माझ लोकप्रिय बनाउने कार्यमा तदारुकताका साथ लाग्ने छ" भन्दै बैठकमा उपस्थित सम्पूर्णलाई धन्यवाद तथा आभार व्यक्त गर्दै विभागको तेस्रो बैठकको समापन गरेका थिए।