दोहा : अत्यन्तै जटिल रोग ब्रेन ट्युमर तथा (spinal cord) मेरुदण्डको जटिल समस्याले ग्रसित भई कतारको HAMAD GENERAL HOSPITAL मा उपचाररत रहेका प्युठान जिल्ला झिमरुक गा.पा ४ हुराना निवासी वर्ष ३१ बर्षिय कमल रोकालाई आर्थिक अभाव भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष देखि कतारमा मजदुरी गरि घर परिवार खर्चको जमर्को गर्दै आएका उन्को ४ महिना अगाडि टाउकोमा समस्या ( ब्रेन ट्युमर) Brain Tumor देखा पर्यौ । टाउकोको अप्रेसन गरियो अप्रेसन सफल भयो तर फेरी मेरुदण्डमा (Spainal Cord) समस्या आएपछि अहिले दुवै खुट्टा नचल्नुका साथै कमलको होस समेत गुम्दै गएको अस्पताल प्रशासनले जानकारी दिएको छ!
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष लगायतको टिम अस्पतालमा गएर बिरामी र डाक्टरलाई भेट गरेर आएका थिए , डाक्टरहरुको सल्लाह अनुसार सके सम्म छिटो नेपाल लैजान ब्यबस्थाप मिलाउन जानकारी गराएका थिए । बिमारीको परिवार र आफन्तले छिटो भेट्न सके राम्रो हुन्छ भन्ने उद्देश्य रहेकोे डाक्टर र नर्सहरुको सुझाव रहेकोछ ।
बिरामीको अवस्था दिन प्रति दिन खस्किएकोले केही भन्न नसक्ने परिस्थिति रहेको बताएको छ । यहीँ अवस्थामा बिरामीलाई नेपाल पठाउन एक जना नर्स र एसिस्टेन्ट सहित जादा आउदा आर्थिक खर्च बढ्ने देखिएको छ ।
पीडित (बिमारी ) लाई नेपाल लैजान गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले संस्थाका सह-कोषाध्यक्ष साथै आर्थिक सहयोग संकलन संयोजक झबिन्द्र आचार्य लाई जिम्मेवारी तोकिएपछि आर्थिक सहयोग जुटाउने अभियान तथा बिरामी लाई नेपाल सम्म लैजान लाग्ने आर्थिक स्रोतलाई जुटाउन तल्लीन रहेका छ्न आचार्य ।
आफुलाइ दिएको जिम्मेवारी लाई कुशलतापुर्वक निर्वाह गर्न तल्लीन रहेको र निज बिरामीलाई नेपाल फिर्ताको लागि आर्थिक स्रोत जुट्ने क्रममा नै रहेको बताउदै आचार्यले सम्पुर्ण सहयोगी मनहरु बाटपनि सहयोगको अपेक्षा गरिएको बताए ।