दोहा : नेपाली महिला हरुको महान हरितालिका तीज पर्व कतारमा मनाइने भएको छ ।
कतारमा स्थापित महिलाहरुको साझा संस्था नेपाली महिला समाजको आयोजनामा, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको महिला विभागको समन्वयमा एवं दोहा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुको संयुक्त सह -आयोजनामा हरितालिका तीज पर्व मनाइने भएको हो ।
तिज बिशेष कार्यक्रमको तयारी र सहभागिता बापत लाग्ने शुल्कको बारेमा दोहा नज्मा स्थित गोर्खा रेस्टुरेन्टको सभाहलमा नेपाली महिला समाज,एनसीसी कतार लगायत विभिन्न संस्था हरुको बैठक बसी आगामी १५ सेक्टेम्बर शुक्रबार बृहत तीज कार्यक्रम सप्पन्न गर्ने निर्णय गरेको हो ।
स्थानिय कलाकार हरुको विशेष मौलिक तीज साँस्कृतिक प्रस्तुतिका साथ हुने कार्यक्रममा शुभकामना आदान-प्रदान, सचेतनामुलक सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहने छ्न । साँस्कृतिक बिभाग संयोजकमा बिबेक पुलामी मगर, सेल रोटि अचारमा सन्तोष पौडेल, यातायात व्याबस्थापनमा एनसिसि कतार ,स्वयंम सेवक संयोजकमा सुबास थापालाई तोकिएको छ ।
"अलथुमा स्थीत एथलेन खेलकुद क्लब"को सभाहलमा हुने बृहत तीज कार्यक्रममा पुरुषको लागि २५ रियलको टिकट निर्धारण गरिएको र महिलाको लागि निशुल्क रहेको नेपाली महिला समाज कतारकि अध्यक्ष सरिता भन्डारी पौडेलले बताउनु भयो । अहिले सम्म ३६ भन्दा बढी संघ -संस्थाको नाम सह -आयोजकको लागि प्राप्त भएको र कार्यक्रम अवधी सम्म ५० माथी पुग्न सक्ने भन्दै कार्यक्रममा आबद्ध हुने संघ- संस्थालाई कतारी रियल दुई सय (२००) मात्र तोकिएको बताउनु भयो ।
उक्त तिज कार्यक्रममा "सह - आयोजक" संस्थाको रुपमा समन्वय गर्न ईच्छुक कतारमा स्थापित संघसंस्थाहरुले मिति ०८/०९/२०२३ सम्म जानकारी गराउनु हुन समेत अनुरोध सहित सबैमा गरिमामय उपस्थितिको अपेक्षा गर्दै उक्त दिन कुनैपनि कार्यक्रम नजुधाई दिनुहुन समेत महिला समाज कतारले आग्रह गरेको छ ।
छलफल कार्यक्रममा एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, महिला समाज अध्यक्ष सरिता भन्डारी पौडेल, सामाजिक व्याक्तित्व चानख पोख्रेल लगायत कतारमा स्थापित विभिन्न बैचारिक, प्रदेश, जिल्ला लगायत पत्रकार हरुको उपस्थिति रहेको थियो
।