कमल / बसन्त राज सुब्बा - समावेशी महिला सशक्तिकरण केन्द्र झापाको नवौं साधारण सभा बाट अध्यक्षमा पूर्णिमा देवान सर्व सम्मत निर्वाचित हुनुभएको छ ।
मानवीय सेवालाई परम धर्म ठानी जनसेवामा विविध कार्यक्रम गर्दै आईरहेको उक्त संस्थाले महिला जन्य सिपमुलक तालीम, समाजिक बिकृति र विसङ्गति विरुद्ध जनचेतना मुलक कार्यक्रम, लगायत समावेसी चरित्र सहित समृद्ध समाजको मुल्य मान्यताको आधारमा अगि बड्दै आएको छ। बिस २०७१ सालमा स्थापना भएको संस्था महिला समावेशी सशक्तीकरण केन्द्रको मिति २०८०- श्रावण २६ गते संस्थाकी अध्यक्ष सृजना निरौला पौडेलको सभापतित्वमा केर्खापुर्बी सिंहदेवी मन्दिरको सभाहलमा नवौं साधारण सभा सम्पन्न गरिएको छ।
राष्ट्रिय गान र वीर सहिदहरुको सम्झनामा मौनधारण पछि प्रमुख अतिथि प्रदेश सांसद माननीय तारा ढकालले ब्यानर पढेर औपचारिक कार्यक्रम सुरु गरिएको थियो !
समितिका अध्यक्षमा पूर्णिमा देवान सर्व सम्मत निर्वाचित हुनुभएको छ !
वरिष्ठ उपाध्यक्षमा माण्डुका देबी आचार्य ,उपाध्यक्ष अमृता लामा, सचिव नविना निरौला, सह सचिव देविमाया बानिया, कोषाध्यक्ष रनमाया लिम्बु समेत सर्बसम्मत निर्वाचित हुनुभएको भएको छ । त्यस्तै सदस्यमा पवित्रा अधिकारी,उर्मिला रिजाल, राधा भण्डारी,नानु मैया कार्की,कविता राई,सिर्जना ढकाल (दाहाल) र दिव्य कला थेवे निर्वाचित हुनुभएको थियो ।
निर्वाचन मण्डलका संयोजक शरदकुमार परापुली सदस्य मात्रिका नेपाल, चन्द्र कला भण्डारी रहनु भएको थियो !
प्रमुख अतिथी प्रदेश सांसद तारा ढकाल ले कार्यक्रम लाई सम्बोधन गर्दै समावेसी माहिला सशक्तीकरण केन्द्र झापाले स्थापना काल देखि गर्दै आएको कुरालाई प्रसंशा गर्दै फेरी पनी यो संस्थाले सामाजिक कार्यमा समाजिक बिकृति विसङ्गति विरुद्ध लड्दै महिलाहरुलाई सृजनसिल कार्यमा अगाडि बढ्न सुझाव दिदै संस्थाको आफ्नै जमीनमा भवन बनाउने कुरा सभाध्याक्षको प्रस्तावलाई भवन निर्माण कार्य लाई आर्थिक सहयोगमा आफुले सक्दो पहल गर्ने प्रतिबद्धता गरेकी थिइन त्यस्तै विशेष अतिथी कमल गाउँपालिका निवर्तमान अध्यक्ष मेनुका काफलले समावेशी महिला सशक्ति केन्द्र स्थापना कालदेखिका कुरा जोड्दै ९औ साधारण-सभा सम्म आइपुग्दा उनले धेरै राम्रो कामहरु गर्दै आएको र आफ्नो पनि योगदान रहेको उल्लेख गर्दै संस्थाको नाम आफैमा समावेशी भएकोले अबको नयाँ समिति सर्बसहमत या नभए चुनावी प्रक्रियामा भएपनि सबै तह तप्काको समावेसी देखिने हुनुपर्छ भन्ने कुरामा उनको सबैमा गम्भीर ध्यानाकर्षण गराउदै नवनिर्वाचित नयाँ कार्यसमितिलाई अग्रिम शुभकामना दिएकी थिइन त्यस्तै शुभकामना मन्तव्य कमल उपाध्यक्ष प्रमिला तिवारी , जग्गा दाता लेखनाथ कटेउडा, मातृका नेपाल, विरेन्द्र अधिकारी लगायतले आ आफ्नो मन्तव्य राखेका थिए !
पहिलो खुल्ला सत्रमा संस्थाकी कोषाध्यक्ष सेलिना राईले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन भने सोही प्रसङ्गमा उनले संस्थाको हिसाब किताब पारदर्शी भएको र आउँदो नयाँ समिति बन्दा सबैलाई समिटिएर बन्नुपर्ने भन्दै सबैको ध्यानाकर्षण गराएकी थिइन । त्यस्तै संस्थाको प्रतिबेदन अध्यक्ष सृजना निरौलाले ६ पृष्ठ लामो प्रस्तुत गरेकी थिइन भने सो-दुईटै प्रतिबेदन हलबाट सबैले तालीले सम्बोधन गरेको थियो ।
त्यस्तै संस्थालाई लामो समयदेखि योगदान दिने हुने पाँचजना क्रमश: मानार्थ सदस्य मेनुका काफ्ले, प्रदेश सांसद तारा ढकाल, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने, आजिवन सदस्य थममाया पौडेल , जेष्ठ सदस्य शान्ता मुखियालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । साथै सम्पूर्ण अतिथिहरूलाई माया चिनो प्रदान गरिएको थियो !
संस्थाकी सचिव भगवती राईद्वारा सञ्चालित सो कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष सेलिना राईले गरेकी थिइन भने कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष पुर्णिामा देवानले आफुलाई अध्यक्ष जस्तो गरिमामय पद्मा जिम्मेवारी दिन सहयोगी सदस्यहरु र निर्वाचन मडली र शुभचिन्तक धन्यवाद दिदै अघिल्लो कार्यसमितिको भाबी रणनीति कामहरूमा पर्ने आफ्नै भोगाधिकारमा भएको जमिनमा अर्को साधारणसभा हुईन्जेलमा आफनै भवनमा कार्यक्रम हुने बाताबरण बनाउने प्रयास गर्ने छु। गाउँपालिकासँग समन्वय गर्दै संस्थाले लिएको लक्षित कार्यक्रमहरुमा समितिका सबै सदस्यहरुको सहयोग लिएर संस्थालाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्दै कार्यक्रम समाप्त भएको थियो !