दोहा, कतार - विश्वकर्मा समाज कतारको अध्यक्षमा सेवक घताने निर्वाचित भएका छन ।
विश्वकर्माहरुको निकास, सोच, खोज र पहिचानको विकास भन्ने मुल नारा सहिति स्थापीत संस्थाको शुक्रबार सम्पन्न पाँचौ अधिवेशन बाट घतानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचीत भएको हो ।
अधिवेशनको उदघाटन गर्दे गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले एनसीसी कतारले सबै संघ संस्था सँग समन्वय गरेर अगाडि बढने बताउनुभयो । वर्तमान कार्यसमिति श्रमीकका पक्षमा काम गर्न प्रतिवद्ध रहेको भन्दै सबैको साथ सहयोग लिएर अगाडि बढने बताउनुभयो ।
नवनिर्वाचीत कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पिताम्बर विश्वकर्मा, उपाध्यक्षमा दिपक विश्वकर्मा, महिला उपाध्यक्षमा गिता बि.क, महासचिवमा अर्जुन घिमिरे विश्वकर्मा, सचिवमा सागर कुमार वि.क र अन्य सदस्य हरुमा गिता बि.क, रेश्मा बि.क, रितुकाली थापा बि.क, अनिता बि.क, कृष्ण दर्लामी, देव घिमिरे विश्वकर्मा, सल बहादुर बि.क, तारा बि.क रहनुभएको छ ।
यस्तै कोशी प्रदेश संयोजकमा लोक बहादुर बि.क, गण्डकी प्रदेश संयोजकमा जग बहादुर बि.क र कर्णाली प्रदेश संयोजकमा दिनेश बि.क निर्वाचीत भएको निर्वाचन समितिका संयोजक अजय विश्वकर्माले जानकारी दिनुभयो ।