दोहा : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले आफ्नो कार्यकालको पहिलो प्राथमिकता "श्रम मैत्री एनआरएनए बनाउनु " रहेको बताउनु भएको छ ।
सिरहा सेवा समाज कतारले आयोजना गरेको "बधाई तथा सम्मान" कार्यक्रममा आफ्नो धारण राख्दै भट्टले लामा प्रतिबद्धता सहित आफुहरु निर्वाचनमा होमिएको र सोही अनुसार श्रम मैत्री एनआरएनए बनाउने कार्यदिशातिर आफ्नो टिम होमिएको बताउनु भयो ।
रेमिट्यान्स बैंकिङ च्यानलबाट पठाउँदा लाग्ने शुल्कलाई सहुलियत बनाउने,सामाजिक सुरक्षा कोषमा कसरी आबद्ध हुन र फाइदा लिन सकिने प्रवासमा रहेका नेपालीलाई १०% आइपियो आरक्षण छुट्टाएको हुँदा तल्लो तहका श्रमिक हरुमा कसरी पुर्याउने / प्रशिक्षण दिने लगायतका विषयमा व्यापक छलफल चलेको हुनाले आफुहरु खादा, मालामा मात्र भन्दा श्रमिक मुखी एजेन्डामा लागेको अध्यक्ष भट्टको दाबी छ ।
नेपाली श्रमिक पीडित हरुलाई राहत दिने, र अन्य आम्दानी मुलक कार्यक्रम पनि संचालन गर्ने तयारी गरेका छौं । दूतावासमा १६४ संस्था दर्ता भएको सुचना पाएको र एकै प्रकृतिका कार्यक्रम अलग - अलग गर्नुभन्दा सहकार्य गरि गरिएको खण्डमा उचित र आर्थिक भार कम हुने कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भट्टले आफ्नो स्वार्थको लागि अब कसैले संस्था फुटाउन नहुने समेत जोड दिनु भयो ।
अधिबेशन पश्चात तत्काल खादा र मालाले सम्मान गरिरहनु भन्दा पनि आफ्नो कामको मुल्यांकन गरेर मात्रै सम्मान गर्दा उचित लाग्ने बिचार गरेको , महाधिवेशन हलबाट पारित संकल्प प्रस्तावको मर्म अनुसार संस्थालाई एक बनाएर अगाडि बढाउने उदेश्य सहित पहिलो बैठक बाट वार्ता समिति गठन गरेको, अर्को समुह सँग छलफल गरेर जति सक्दो छिटो दुवै संस्था एक बनाउने प्रक्रियामा रहेको हुनाले आफू उम्मेदवार हुँदै गर्दा दिएका बाचा, सङ्कल्प हरुलाई पूरा गर्ने प्रतिबद्धता जनाउदै, पन्जीकृत सदस्यलाई हरेक दिन खबरदारी गर्न समेत अध्यक्ष भट्टले अनुरोध गर्नुभयो ।