दोहा, कतार :
नेपाली दूतावास संग नवनिर्वाचित गैरआवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद कतारको भेटघाट सम्पन्न भएको छ । एनसीसी कतारका अध्यक्ष रमेश भट्टको नेतृत्वमा नेपाली राजदुतावासका राजदुत डा. नरेश बिक्रम ढकाल संग भेटघाट गरिएको हो ।
भेटका क्रममा एनसीसी अध्यक्ष भट्टले कार्यसमितिको विवरण र एनसीसीको ११ औं संसोधित बिधान राजदुत ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा अध्यक्ष भट्टले पहिलो कार्यसमितिले गरेको निर्णय बारे जानकारी गराउदै श्रमिक डेस्क सन्चालनको लागि अनुमति दिन अनुरोध गर्नुभएको थियो ।
सो अवसरमा राजदुत ढकालले नवनिर्वाचित कार्यसमितिलाई बधाई सहित कार्यकालको शुभकामना व्यक्त गर्दै एनसीसी कतार संगको सहकार्यलाई निरन्तरता दिदै जाने बताउनुभयो । राजदुत ढकालले एनसीसी कतारले पहिलो कार्यसमिति बैठक बाट केही सकारात्मक निर्णय भएको भन्दै श्रमिक डेस्क सन्चालनको लागि सल्लाह गरेर जानकारी दिने बताउनुभयो । महाधिवेशनबाट बनेको छनबिन समिति बनेको सन्दर्भमा बदमासी जुनसुकै बाट भएको प्रमाणित भए कतार वा नेपालमा गएपनि कानुन अनुसार कार्वाहीको भागिदार हुनुपर्ने बताउनुभयो ।
एनसीसीको कतारको अधिवेशनको क्रममा दूतावास भित्रै भएको कुटपिटको घटनाले आफुलाई दुखी बनाएको भन्दै पीडितले न्यान पाउने र दोषी दण्डित हुनुपर्ने कुरामा आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले दूतावास भित्रको घटना भएकोले सबै कुरा आफ्नो हातमा नहुने भन्दै नेपाल सरकार बाट आउने निर्णयलाई आफुले मानेर अगाडि बढने बताउनुभयो ।
भेटका क्रममा राजदुत ढकालले दूतावासको नियमित काम संगै आफू ४६ बर्ष देखिको दुई देश बिचको सम्बन्धलाई थप मजबुत बनाउन लागेको बताउनुभयो । उहाँले कतारका अमिरिको नेपाल भ्रमण, सन् २००५ मा भएको श्रम सम्झौता परिमार्जन, दक्ष नेपाली कामदारलाई अवसर दिने र कतार सरकार बाट देखिने गरि नेपालमा परियोजना लैजाने कुरा आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।
कतारको सरकारी निकाय संगको विभिन्न चरणमा भएका छलफल सकारात्मक रहेको भन्दै उहाले छिट्टै श्रम सम्झौता नविकरण, कतारका अमिरिको नेपाल भ्रमण लगाएतका कुरा टुंगिने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले कतारमा खासगरी निर्माण क्षेत्रमा अदक्ष कामदारको रूपमा धेरै नेपाली आएपनी अब दक्ष कामदारको पनि कोटा बढाउन आफू प्रयासरत रहेको बताउनुभयो ।