झापा, कमल गाउँपालिका वडा नं ५ मा मणि यावाँको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति पुन: गठन गरिएको छ ।
प्रदेश न.१को नाम बहुमतले कोशी पारित गरे पश्चात् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, अन्य पहिचानवादी दल र जातीय संघ-संस्थाहरुको घटक सँगको प्रदेश एक पुन: नामाङ्कन संघर्ष समिति गठन गरि सडक आन्दोलन गर्ने क्रममा वडा नं ५ मा गत साउन २० गते तु-तुम्यहाङ सामजिरी सम्बाहाफे को अध्यक्षता, संघीय सदस्य कवीन्द्र शेर्माको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि २३ सदस्यीय कार्यसमिति पुन: गठन गरिएको छ ।उक्त कार्यसमितिमा अध्यक्ष - मणि यावाँ,उपाध्यक्ष - मिना केरुङ, सचिव - मिन्सोहाङ आङदेम्बे, कोषाध्याक्ष- पुन लिङ्देन रहेका छन भने सदस्यहरुमा लासाहाङ लिङ्देन, जयध्वज नेम्बाङ , अमृत चेम्जोङ ,दिपेन्द्र थाम्सुहाङ , प्रीथ लङवा लिम्बु ,धिरज चेम्जोङ ,विशाल लिम्बु , कमल कुमार लिम्बु ,नर कुमार गजमेर ,तेज बहादुर लावती ,हर्क लिम्बु ,पारस साउदेन ,सुनिल विश्वकर्मा ,सन्त सेन्चुरी ,सुवास थेबे ,हरी चेम्जोङ ,धन बहादुर तामाङ ,खगेन्द्र आङदेम्बे रहेको छ ।त्यसैगरी एल भि कमाण्डमा फिल्ड कमान्डर विरज चेम्जोङलाई चयन गरिएको छ।
नव पुन:गठित कार्यसमितिका सदस्यहरुलाई प्रमुख अतिथि संघीय सदस्य कवीन्द्र शेर्माले पद तथा गोपिनियताको सपथ खुवाएको थिए भने संघीय सदस्य सुर्य याक्पाङ्देन लगायत अथितिहरु बाट खादा ओढाई अबिर जात्रा गरेका थिए ।
राष्ट्रियगान र लिम्बुवान आन्दोलनका बिर-सहिदहरुको सम्झनामा मौनधारण बाट शुरु गरिएको उक्त कार्यक्रम मा स्वागत मन्तव्य सलोराम संघीय लिम्बुवान प्रान्तीय मन्च कमल गाउँपालिका द्वितीय उपाध्यक्ष शान्ति चेम्जोङले गरेकी थिईन।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी कवीन्द्र शेर्माले अथितिहरुको भनाईलाई छोटकरीमा बिशुद्ध याक्थुङ पान अर्थात लिम्बू भाषामा प्रस्ट्याएका थिए भने अतिथि प्रान्तीय सचिवालय सदस्य टंक लिम्बु , सुर्य याक्पाङ्देन, प्रान्तीय सदस्य विरेन्द्र याक्थुम्वा, एल भि केन्द्रिय सिनियर उप कमान्डर मेण्डम मेन्याङ्बो ,जिल्ला महिला मंच सदस्य दिश्य कला थेबे पार्टीको र संगठन संगै चलिरहेको आन्दोलनको बिषय बारे आ -आफ्नो भनाई राख्दै शुभकामना मन्तव्य दिएका थिए।
अतिथिहरूमा प्रान्तीय सदस्य एवम् एल । केन्द्रिय सिनियर उप कमान्डर , छेत्र ५ माङतोक कमाण्ड इन्चार्ज बसन्त राज योङहाङ , प्रान्तीय सदस्य लासङ लिम्बु , फिल्ड कमान्डर शरण बेघा लिम्बु , आइन्द्र नेम्बाङ , सुरज लिम्बु , कमल कार्य समिति सदस्य छत्र साउदेन , सोम अधिकारी लगायत उपस्थित रहेको थिय ।
कमल गाउँपलिका सचिव नेत्र केरुङद्वारा सञ्चालित उक्त कार्यक्रमको अन्तिममा पालिका अध्यक्ष तेज आङ्देम्वे र सभा अध्यक्षको हातबाट पार्टीको झण्डा र खाता पाता हस्तान्तरण गरिएको थियो भने सभाध्यक्ष सामजिरी सम्बाहाम्फे ले कमल गाउँपालिका वडा न.५ कार्यसमिति पुन:गठन गर्न विशेष भुमिका खेल्ने पालिका अध्यक्ष तेजु आङ्देम्बे लगायत सबैलाई धन्यवाद दिदै गठित नव: गठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए।